
जाजरकोट, २९ पुस । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जाजरकोटले संगठन बिस्तारको अभियानलाई तिब्रता दिएको छ ।
सोमबार भेरी नगरपालिका ७ पुन्मामा रहेको श्री सरस्वती माद्यामिक विद्यालयमा भरत शाहीको अध्यक्षता ५३ सदस्यीय समिती निर्माण गरेको छ । अखिल (क्रान्तिकारी) जाजरकोटका अध्यक्ष बिराजन शाही, र सोही संगठनका सचीव दिपेन्द्र सिंहको उपस्थितिमा संगठन निर्माण भएको छ ।
‘हामी नितान्त समाजमा शान्ति जनताको जीवन रुपान्तरण र वैज्ञानिक समाजवादी व्यवस्थाका पक्षधर हौ ।’ हाम्रो सपना समृद्ध समाजको हो, ‘तर हामी समाजमा अशान्ति,अराजकता र गुण्डा प्रवृत्ति हावी भएको देख्न चाहादैनौ त्यसकारण पुलिस साथिहरुले त्यही खालको व्यवहार गरोस् अखिल क्रान्तिकारी जाजरकोटका अध्यक्ष विराजन शाहीले भने ।’
संगठनका विद्यार्थी नेताहरुलाई किन गरिदैछ पटकपटक गिरफ्तार, सरकार यदि बन्दुकको भरमा जनतालाई दमन गर्छ भने हामी विद्यार्थीहरु पनि ड्रोनका रिमोटहरु दबाउन बाध्य हुनेछौ अखिल क्रान्तिकारी जाजरकोटका सचिव दीपेन्द्र सिंहले बताए ।
हेक्का राखे हुन्छ हाम्रो संगठन बन्दुक, बम र गलत गतिविधि गर्ने संगठन होइन हाम्रो संगठन भनेको देशको स्वाधीनता, जनताको अधिकार प्राप्ति, शान्ति, परिवर्तन र शैक्षिक क्षेत्रमा भएका तमाम खालका बिकृती, बिसंगतिका विरुद्ध निरन्तर आवाज उठाउने भएको सिंहको भनाई छ । अहिले युवा विद्यार्थीहरुले बुझ्नै पर्दछ यो धरतीमा जबसम्म दलाल पुजीवाद रहन्छ तबसम्म नेपालमा परिवर्तन सम्भब छैन ।
उत्पीडनमुक्त दुनियाँ बैज्ञानिक समाजबाद बाट मात्र सम्भब छ त्यसैले अब सम्पुर्ण क्रान्तिकारी युवा विद्यार्थीहरुले सोच्ने बेला आएको क्रान्तिकारी जाजरकोटका अध्यक्ष शाहीले बताए ।
















































। २९ पुष २०७७, बुधबार