
जाजरकोट, २९ पुस । भेरी नगरपालिका जाजरकोटका प्रवक्ता एवम् कार्यपालिका सदस्य पार्वती विकले जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका गरेकी छन् । आफ्नो जन्मदिनको अवसरमा उनले सोमबार नेपाल आमा अनाथ आश्रम जाजरकोटमा रहेका अति विपन्न तथा अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेकी हुन ।

उक्त आश्रममा रहेका कक्षा १ देखि ३ सम्मका २३ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको सदस्य विकले बताईन । ‘पहिलो पटक बालबालिकाका बिचमा जन्मदिन मनाउँदा निकै खुशी लागेको छ’, उनले भनिन् । शैक्षिक सामग्री पाएपछि बालबालिका खुशी भएका थिए । प्रत्येक बालबालिकालाई दुई कापी, कलम, इलेजर, पेन्सल लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो ।

सामग्री वितरण कार्यक्रमा जुनीचाँदे गाउँपालिका उपाध्यक्ष शिवा आचार्यले जन्म दिनमा यस्ता सोच भएका मानिसहरु कमै भएको बताईन । उनले भनिन्, ‘समाजमा सकारात्मक सोच भएका नागरिक पाउन गाह्रो छ’ ‘त्यसैमाथी जन्मदिनमा शैक्षिक सामग्री बाँड्ने कल्पना भन्दा बाहिरको कुरा हो’ ‘दुई चार जना महान सोच भएका नागरिकले मात्र यस्तो काम गर्छ ।’
यस्तै शैक्षिक सामग्री वितरण कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय जाजरकोटका अध्यक्ष धर्मशिला बस्नेत, पत्रकार महांघ जाजरकोटका पूर्वअध्यक्ष जनक केसी लगायतका अन्य पत्रकाहरु समेत उपस्थिती रहेको थियो । आश्रमका अध्यक्ष सहदेवजंग शाहले, सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।
















































। २९ पुष २०७७, बुधबार