
दिलविक्रम शाही ‘साहित्यिक फुलवारी’
शिवालय गाउँपालिका ६, जाजरकोट
गजल
साँच्चै बुढा बाको अहिले जवानी छैन
काम गरिराछ न घाम पानी छैन
कसरी फाइदा होला र खै हजुर
बाजो खेतमा केहीपनि लगानी छैन
मेरा आफन्तिहरु सधै रहन्छन
तर गजल लेखेर आम्दानी छैन
रुपैयाँ कमाउ न त काम गर्नुपर्छ
बिदेशमा पनि रुपैँयाको खानी छैन
उता उनी कसरी बाचिरहेकी छिन
यता यादले नभिजेको सिरानी छैन
माग्नोस जे छ त्यही माग्नोस
अरे बिक्रम को लोभ गर्ने बानी छैन
गजल
भाव बहकाउनु छ, गजल लेखेर
थोरै मुस्कुराउनु छ,गजल लेखेर
जाजरकोटी बिक्रम कस्तो हो भनी
पहिचान चिनाउनु छ , गजल लेखेर
कलम मात्र हातमा पर्न त दिनोस
अरे देश चलाउनु छ, गजल लेखेर
ललिता परिवर्तनले दिएका हजारौं
याद फिर्ता पठाउनु छ,गजल लेखेर
जस्ता दुख कष्ट आएपनि प्रीय मन
यात्रा अघि बढाउनु छ,गजल लेखेर
म कल्पना समेत गर्दै गर्दिन हजुर
धन धेरै कमाउनु छ,गजल लेखेर
गजल
खै किन हुन्छ ? भ्रष्टाचार,मेरो नेपालमा
पैसाकै लागि हुन्छ मारामार,मेरो नेपालमा
घुस विना त केही पनि काम चल्दैन हजुर
छैनन् कोहि पनि इमानदार, मेरो नेपालमा
सारा युवा जति खाडीमुलुक गएका छन
नपाए रै होला रोजगार ,मेरो नेपालमा
गरिब जन्ता हरुलाई त हेर्दै नहेर्ने
छ क्यारे उस्तै सरकार ,मेरो नेपालमा
सिमा मिच्न खोज्नेहरु सुनि राख बुझिराख
उठन सक्छ खुकुरीको धार, मेरो नेपालमा
















































। १८ पुष २०७७, शनिबार