
जाजरकोट, २४ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मंसिर २९ गते जाजरकोटमा सरकार विरुद्ध प्रदर्शन गर्ने भएको छ । पार्टीको केन्द्रिय सर्कुलर अनुसार जिल्लामा विशाल प्रदर्शन गर्न लागिएको काँग्रेस जाजरकोटले जनाएको छ । काँग्रेसको देशव्यापी विरोध प्रदर्शन अन्र्तरगत जाजरकोटमा पनि सरकार विरोधी प्रदर्शन हुन लागेको हो ।
नेकपाको सरकारले जनताको पक्षमा भन्दा वढी भ्रष्टचारी र दलालको पक्षमा काम गरेको, जननिर्वाचित संसद छलेर महत्वपुर्ण विषयमा अद्यादेश ल्याउने काम गरेको, कोभिड १९ को संक्रमणवाट आक्रान्त जनतालाई उचित सुरक्षा दिन नसकेको र जनताले दिएको दुई तिहाइको जनादेशको अपमान गर्दै आन्तरिक विवादमा फसेर देशलाई वर्वादीतर्फ लिन लागेको विरोधमा आफुहरुले सरकार विरुद्ध विशाल प्रदर्शन गर्न लागेको नेपाली काँग्रेस जाजरकोटका सभापति दिपकजंग शाहले वताए ।
उनले २९ गतेको प्रदर्शनमा जिल्लाका ७७ वटै वडाका नेता कार्यकर्ता र समर्थक जनताको सहभागिता गराइने वताए । पार्टीको तर्फवाट कडा हवीप जारी गरेर मंसिर २८ गते भेरी नगरपालिकाको कुदु देखि सदरमुकाम खलंगा वजारमा तरुण युवाहरुको विशाल मोटरसाइकल रयाली र २९ गते पार्टीका नेता कार्यकर्ता, समर्थक र शुभेच्छुक तथा सर्वसाधारण जनताको सहभागितामा विशाल प्रदर्शन गरिने सभापति शाहले वताए । यस्तै मंगलवार पार्टी कार्यालय विपी स्मृति भवन थाप्लेमा वसेको अनौपचारिक वैठकले २९ गतेको सरकार विरोधी प्रदर्शनलाइ व्यापक रुपमा सफल वनाउन विभिन्न समितिहरु पनि गठन गरेको छ ।
काँग्रेस जाजरकोटका पुर्व सभापति सनतकुमार कार्कीले दिएको जानकारी अनुसार नेता वेदराज सिंहको संयोजकत्वमा संगठन परिचालन समिति, नेता तेजविक्रम शाहको संयोजकत्वमा व्यवस्थापन समिति, नेता छवि पन्तको संयोजकत्वमा भातृ तथा शुभेच्छुक सस्थाहरुको परिचालन समिति, सभापति दिपक जंग शाहको संयोजकत्वमा मुल आयोजक समिति गठन गर्नुका साथै नेपाल प्रेस युनियन आवद्ध पत्रकारहरुलाई प्रचार प्रसार समितिमा राखिएको छ । २९ गतेको विरोध प्रदर्शनको कोण सभाको कार्यक्रम सदरमुकाम खलंगाको ठाँटीवजारमा गर्ने निर्णय गरिएको पनि पुर्व सभापति कार्कीले वताए ।
२९ गतेको सरकार विरुद्धको प्रदर्शनमा काँग्रेस जाजरकोटका सवै नेता, कार्यकर्ता, भातृ तथा शुभेच्छुक सस्था, समर्थक सवैलाइ अनिवार्य उपस्थितिका लागि उर्दी जारी गर्न लागिएको नेता वेदराज सिंहले वताए । उनले जिल्लाका सातै स्थानीय तहवाट पार्टीका नेता कार्यकर्ताहरु २९ गतेको कार्यक्रममा अनिवार्य उपस्थिति हुनै पर्ने वाध्यात्मक उर्दी जारी गरिने वताए । सरकार विरुद्ध काँग्रेसको शक्ति प्रदर्शनको रुपमा लिइएको २९ गतेको कार्यक्रमलाई व्यापक वनाउन मंगलवार देखि नै तयारीलाई व्यापक वनाइएको उनले वताए ।
















































। २४ मंसिर २०७७, बुधबार