फोक्सो पीडित रोकेशलाई तीन चेलीकाे सहयोग, सबै संग सहयोगको अपिल !

जाजरकोट । फोक्सो पीडित रोकेशलाई तीन नारीहरुले सहयोग गरेका छन । म्यादी घर भई हाल हंकङमा बस्दै आएकी मिरा पुजारा पुनको पहलमा उनीहरुले सहयोग गरेका हुन । जसअन्र्तगत मिरा पुजरा पुनले ५ सय डलर, पुजा पुनले ५ सय डलर तथा टिका देवी पुनले ५ सय डलर सहयोग गरेका हुन । नेपाली जम्मा २२ हजार ७ सय ९० रुपैयाँ  हाे ।

सामाजिक सञ्जाल मार्फत सहयोगको अपिल गरिरहेका राकेशलाई उनीहरुले सहयोग गरेका हुन । सहयोगी मनहरुलाई पीडित राकेशले सामाजिक सञ्जाल फेसवुक मार्फत धन्यवाद व्यक्त गरेका छन ।

No description available.

                                    मिरा पुजारा पुन

 

No description available.

पुजा पुन

No description available.

टिकादेवी पुन

उनले लेखेका छन,
नयाँ जीवन दिनका लागि ।
झरेका आँसु पुछ्नका लागि ।
गुमाएको खुसी फर्काउनका लागि ।
फोक्सो पिडित बचाउनका लागि ।
सहयोगी मनको धनी धेरै मठमन्दिरहरु र पिडितहरु लाई सहयोग गर्दै आउनु भएको बरिष्ठ समाजसेवी आदरणीय नेपाल आमाको चेली मिरा पुजरा पुनको फेसबुकको परिचयबाट एक भावनात्मक नाता संग जोडेर आयो यो सहयोग ।
मेरो बिन्ती….
हजुरको गुण यही जुनीमा तिर्न सकु ,
मानबताको त्यो चरण, यहि जन्ममा छुन सकु,

बगिरहेका यी आँशु पुछ्ने ती हातहरुमा,
सधैंव लक्ष्मीको बाँस होस ,
भोका, नाङ्गा, बेसाहारा म रोगी अनि सबैको बाँच्ने आश होस ,
मेरो मुटुका टुक्राको बिन्ती……..
हाम्रो बाबाको फेर्ने सास अनि हाम्रा अंधकारमा रहेका भबिस्यले हजुरहरुकै नाम जप्ने छौ !!
आर्शीबाद दिदँै गर्नुहोला यहाँ हामलाई,
दैनीकी चलाउने छौ,
दवाई खुवादै, कृतिम अक्सिजनले सास दिदै केहि पर..सम्मन हाम्रो बाबाको आयु थप्ने छौ !!!
हजुरहरुको सहयोगी मन लाई सधै पशुपतिनाथले रक्षा गरून् । फलोस फुलोस सधै । धन पैसाको कमि कहिले नहोस । घर परिवारमा सधै खुसी छावस । हजुरहरु तिनै जना नेपाल आमाको चेलीमा म राकेश योगीको सम्पुर्ण परिवाको तर्फबाट कोटीकोटी नमनका साथ धेरै धेरै धन्यवाद ।

यस्तो छ राकेश योगीको बास्तविकता

कालीकोटको नरहरिनाथ गाउँपालिका साविकको लालु गाविस वडा नं ३ सुन्दरपानी अनेकाउला निवासी रत्ननाथ योगी (राकेश) ले आफ्नो उपचारका लागि सहयोगको याचना गरेका छन ।

सानै उमेरमा भएको निमोनियाका कारण अहिले उनको फोक्सोले काम नगरेपछि विगत २ वर्षदेखि काठमाण्डौंमा उपचार गराई रहेका योगीले आफ्नो उपचारका लागि सवैलाई सहयोग गर्दिन आग्रह गरेका हुन । कालीकोट जिल्लाको दुर्गम लालु गाविसमा निमोनिया भएको समयमै गुणस्तरीय स्वास्थ्य सेवा पाए आफुले अहिले यस्तो समस्या भोग्नु नपर्ने बताए । उनले भने, ‘आफु विगत २ वर्षदेखि काठमाण्डौको टिचिङ हस्पिटलामा उपचार गराई रहेको छु, औषधि निकै महँगो छ आफुसंग भएको जग्गा र घर विचेर अहिलेसम्म जसो तसो उपचार गराई रहेको छु अहिले औषधि किन्न समस्या भएको छ ।’

हस्पिटलमा नै बसेर कृत्रिम अक्सिजन लिदा महँगो हुने भएकाले कोठा भाडामा लिएर अहिलेसम्म कृत्रिम अक्सिजनले आफु बाँचिरहेको रत्ननाथले बताए । काठमाडौंमा महँगो उपचार गराउनुपर्ने भएकोले देश विदेशमा रहेका कालीकोटे तथा सम्पूर्ण नेपालीहरुलाई रत्नले उपचारका लागि सक्दो सहयोग गर्न आह्वान गरेका छन् । उनले अहिले देश तथा विदेशबाट केही सहयोग भइरहेको भएपनि फोक्सो परिर्वतन गर्न बढी रकम लाग्ने भएकाले आफ्नो आर्थिक अवस्थाले नहुने भएकाले सवैलाई सहयोगको लागि आग्रह गरेका छन ।

दुर्गम जिल्लामा जन्मेर आफुले अहिले समस्या भोगी रहेको नाथले बताए । उनले सिंहदरवारको अधिकार गाउँ गाउँमा भन्थ्ये तर आफु जन्मेको नरहरिनाथ गाउँपालिकाले आफ्नो उपचारका लागि कुनै पनि सहयोग नगरेको गुनासो गरे । उनले भने, गाउँपालिकाले पनि केही सहयोग गरेको भए हुनेथियो, आफ्नै जिल्लाबासीले सहयोग त गर्दैनन अरु कसले गर्थे र गहभरी आशु झार्दै योगीले भने आफ्नै भतिजाले त हेरेन अरु कसले हेर्ने थियो ।

उपचारका लागि नाथको पारिवार दयनीय अवस्थामा रहेको छ । यदि रत्ननाथ योगीलाई सम्झेर सहयोग गर्न चाहेमा सनराईज बैंक कैलाली शाखामा रहेको ०४७१०२९२०२२०१७ मा जम्मा गदिन सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया