कुवेतमा सडक दुर्घटनामा जाजरकोटका एक युवकले ज्यान गुमाए

सवारी दुर्घटना कम गर्ने उपायजाजरकोट – कुवेतमा सडक दुर्घटनामा परेर नेपाली युवकको मृत्यु भएको छ । सडक दुर्घटनामा बारेकोट गाऊँपालिका ४ जाजरकोटका ३२ वर्षीय दिपक सिंह ठकुरीको मृत्यु भएको हो । मृतक ठकुरी विगत ३ वर्षदेखि कुवेतको सीजीजीसी कम्पनीमा काम गर्दे आएका थिए ।

उक्त कम्पनीमा कार्यरत यमराज छिनालका अनुसार उनलाई सडक पार (क्रस) गर्ने क्रममा विपरित दिशाबाट आएको मालवाहक गाडीले ठक्कर दिएको थियो । रात्री(नाइट) ड्युटी सकेर आवासमा फर्किने क्रममा बुधवार विहान करिव ४ बजे उनलाई टिप्पर गाडीले ठक्कर दिएको थियो ।

ऊनका नेपालमा एक ६ वर्षीया छोरी, ४ वर्षीय एक छोरा र श्रीमती छन । घटना बारेमा कम्पनीले कुवेतस्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको छ । दूतावासले पनि कम्पनीसँग समन्वय गरेर उनको शवलाई नेपाल पठाउने प्रक्रिया अघि बढाइने जनाएको छ ।

तपाईको प्रतिक्रिया