जाजरकोट । परापुर्वकाल देखि लाग्दै आएको काफलचौरको मेलामा बुर्जा खेलाईरहेको अवस्थामा अखिल क्रान्तिकारी विद्यार्थी संगठनले सबै सामग्री जलाएको छ ।
मेलामा खेलाईरहेको वेला नेकपा विप्लव निकट विद्यार्थी संगठनले सबै सामग्री कब्जा गरी जलाइएको संगठनका जाजरकोट सचिव दीपेन्द्र सिंहले जानकारी दिए । पछिल्लो समय जिल्लामा भईरहेका विकृतिका विरुद्धमा संगठनले आवाज उठाउँदै आएको छ । अखिल (क्रान्तिकारी) जिल्ला संगठन समिती जाजरकोटका अध्यक्ष बिराजन शाहीले भनेर्, समाजमा तमाम खालका बिकृती बिसङ्ग्तीहरु छन ।
यसको विरुद्ध सम्पुर्ण क्रान्तिकारी, परिवर्तनरी सोच भएका युवाहरु एकतावद्द भएर लडन् आवश्यक छ, विश्व समाजमा यति बेला विज्ञान र प्रबिधिको युगले छलाङ मारिसकेको छ तर नेपाली समाज अहिले पनि जाड,रक्सी,जुवा,तासमै लिप्त छ ।’ त्यसकारण आम युवा साथीहरू यसको विरुद्धमा निर्मम संघर्ष गर्न आवश्यक रहेको उनको भनाई छ ।
















































। १८ कार्तिक २०७७, मंगलवार