
विवेक गाैतम । रुकुम पश्चिम सानीभेरी गाउँपालिकाले चाडबाड नजिकिए संगै हुन सक्ने अपराधिक कृयाकलापलाई न्यूनिकरण गर्ने उद्धेश्यले गाउँपालिका अन्तर्गतका व्यवसायीहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाका सिम्ली बजार¸ नयाँ बजार¸ पुलबजार¸ पेदीबजार¸गिठाकोट बजार¸चाइनाबगर बजार लगाएतका होटेल तथा मदिरा व्यवसायीहरुलाई राखेर अन्तर्कृया गरेको हो ।
अन्तर्कृया कार्यक्रममा मदिरा विक्री बितरण र होटेल तथा अन्य व्यवसाय संचालन सम्बन्धी बृहत छलफल गरिएको छ । गाउँपालिकाले गाउँपालिका सरकार र सुरक्षा निकाय तथा व्यवसायीहरुका लागि संयुक्त सुरक्षा योजना कायपत्र २०७७ पेश गरिएको भने गाउँपालिकाले पास गरेको मदिरा विक्रीवितरण तथा नियन्त्रन कार्यविधि २०७५ को समसेत व्यवसायीहरुलाई जानकारी गराइएको थियो ।
अन्तर्क्रिया कार्यक्रमका अध्यक्ष तथा सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले गाउँपालिकाले पास गरेको मदिरा विक्रिवितरण सम्बन्धिको कार्यविधिको अधिनमा रहि मदिरा विक्री वितरण व्यवस्थित गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य शेरबहादुर केसीले जिल्लामा हुने ८० प्रतिशत भन्दा बढी घटना मदिराका कारणले हुने भएकाले बिक्री गर्ने व्ययसायी र खाने व्यक्तिले पनि यसको प्रयोग न्यूनिकरण गर्दै सून्यमा झार्नुपर्ने भनाइ राखख्नु भएको छ ।
त्यस्तै व्यवसायिहरुले पनि बजार सरसफाई तथा बजारमा एकै जनाले सबै व्यवसाय संचालन गरिरहेकाले नियमित अनुगमन गरी आवश्यक कार्बाही अघिबढाउन माग गरेका छन् ।
सहिद स्मृति भवन छोटेबगरमा भएको अन्तरक्रिया कार्यक्रमको संचालन सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपाल सिं विष्टले गर्नुभएको थियोभने कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष नरबहादुर पुनले गर्नुभएको थियो ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य शेरबहादुर केसीको प्रखुख आतिथ्यता तथा जिल्ला समन्वय समिति सदस्य धनबिर ओली¸ विभिन्न पार्टी प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।
















































। २६ आश्विन २०७७, सोमबार