क्यान्सर पीडित सुनितालाई ६० हजार आर्थीक सहयोग

No description available.जाजरकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिका १४ की क्यान्सर पीडित सुनिता विकलाई आर्थीक सहयोग गरिएको छ ।

राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय सदस्य विश्व विक्रम शाहको पहलमा क्यान्सर पीडित सुनितालाई ६० हजार सात सय  आर्थीक सहयोग गरिएको हो । जसअन्र्गत अस्पताल व्यवस्थापन परिवार, स्वास्थ्यकर्मी माथिल्लो थाप्ले युवा टोल सुधार समिती लगायत अन्य सहयोगी मनहरुले आर्थीक सहयोग गरेको केन्द्रिय सदस्य शाहले जानकारी दिए ।

राष्ट्रिय  युवा संघ भेरी नगरपालिका का संयोजक लोकेन्द्र चन्दल ५  हजार तथा  गोबिन्द जंग शाहले २ हजार एक सय सहयोग गरेका छन । पीडित परिवारका सदस्यलाई गाडी भाडाको समेत व्यवस्था गरिएको छ । आर्थीक अभावका कारण सुनिताको उपचारमा निकै समस्या परेको छ । सबैको सहयोगको अपेक्षा समेत गरेकी छन ।

यो पनि पढ्नुहोस …..

आर्थीक अभावले अस्पतालमा छटपटाई रहेकी सुनिता, सबैले सहयोग गरौँ ।

 

तपाईको प्रतिक्रिया