आर्थीक अभावले अस्पतालमा छटपटाई रहेकी सुनिता, सबैले सहयोग गरौँ ।

No description available.जाजरकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाकी सुनिता विक अहिले जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको वेडमा छटपटाई रहेकी छन । फोक्सोमा क्यान्सर भएकी सुनिता उपचार गर्ने पैसा नहुँदा अस्पतालको वेडमा छटपटाई रहेकी हुन । तिन सन्तानकी आमा बनेकी सुनिताको श्रीमानको मृत्यु भईसकेको छ । श्रीमानको मृत्युपछि तीन सन्तानलाई स्याहार गर्दै आएकी उनी लामो समय देखि फोक्सो क्यान्सर पीडित बनेकी छन । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले भरक्तपुर क्यान्सर अस्पतालमा रिफर गरेको भएपनि आर्थीक अभावले उनी जान नसकेको अनेरास्ववियूका जाजरकोटका नेता प्रकाशमान सिंहले जानकारी दिए ।

२५ बर्षिया सुनितालाई दृष्टिविहीन आमाले अस्पतालमा सहयोग गरिरहेकी छन । आर्थीक अभावले उपचारमा समस्या भएकी सुनिताका तीन सन्तानको समेत विचल्ली भएको छ । अहिले जिल्ला अस्पतालमा रहेकी सुनिताको न साथमा भरपर्दाे मान्छे नै न आर्थीक अव के गर्ने उपचार सहयोगका लागि सबैलाई अस्पतालको वेड बाट सहयोग गरी दिन आग्रह गरेकी छन । उनले आँसु झार्दै भनेकी छन र्, म बाँचे भने तपाईको गुण तिर्नेछु । म मरे भने मेरो छोराछोरीको विचल्ली हुन्छ । सके सबैले सहयोग गरिदिनुस् । म तपाईको गुण तिरी दिनेछु । अस्पतालको वेडमा छु ।’ तपाई सहयोग गर्न चाहानुहुन्छ भने हाम्रो पहुँच डटकम तथा ९८६३२८१९४७ मा सम्पर्क गर्नुहोला । तपाईको मानवीयताको भावना यति वेला देखाउनुहोस । सुनिता जस्तै पीडितको सहयोगमा तपाईको हात अगाडि जानुपर्छ । तपाईलाई ईश्वरले एकपटक अवश्य हेर्नुहनेछ ।

No description available.

तपाईको प्रतिक्रिया