
जाजरकोट । गत जेठ १० गते रुकुम पश्चिमको सोतीमा भएको घटना सभ्य कलियूगको कलंक भएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन । आइतबार मृतकका आफन्तहरुलाई भेट्दै मन्त्री बस्नेतले २१ औँ शताब्दीमा आएर पनि जातीयताको प्रश्न खडा गरी गरिएको हत्या कलियूगको कलंक भएको बताएका हुन ।
घटना घटेको ५ महिना पछि पीडित परिवारलाई भेट्दै मन्त्री बस्नेतले घटनाका दोषीलाई कारबाही गर्ने कुरामा सरकार नझुक्ने समेत बताएका छन । उनले भनेर्, तपाईहरु ढुक्क हुनुहोस, हामीले गर्ने कुनै कुरामा खोट बाँकी राख्दैनौँ ।’ अहिलेको समाजमा आएर पनि प्रेम गरेकै कारण मारिनु यो कस्तो नियत हो । दोषीलाई कुनै पनि हालतमा छोडिनुहुदैन ।’
मन्त्री बस्नेतले आफु जाजरकोटी जनताको पक्षमा सधैँ रहेको समेत बताएका छन । उनले थपेर्, यति वेला जाजरकोटी जनतामा केही भम्र फैलिएको छ ।
मन्त्री हुदाँ समेत संसदमा बोलेनन । तर यहाँहरुले यस्तो नबुझ्नुहोला, म मन्त्री भएका कारण संसदमा सांसदले उठाएको प्रश्नको उत्तर दिनुपर्छ । शान्ती सुरक्षाको विषय भएकोले गृहमन्त्रीले जवाफ दिनुभयो । हामी मन्त्रालयमा भएका कारण बोल्न सक्ने स्थिती बनेन ।’ तर म यहि ठाउँको निर्वाचित जनप्रतिनिधी भएकोले मेरो मन अझै विझाएको छ ।
म तपाईहरुको साथमा हिजो पनि थिए आज पनि छु र भोली पनि हुनेछु । पीडित परिवारको न्याय खोसिन्छ भने हामी चुप लागेर बस्ने छैनौँ ।’ गत जेठ १० गते रुकुम पश्चिमको सोतीमा भएको जातीय नसंहारको घटनामा भेरी नगरपालिका ४ का नवराज विक सहित ५ जनाले ज्यान गुमाएका थिए ।
वुहारी लिन गएको छोरा लास बनेर फर्किदा अहिले सम्म छोराको सम्झनाले सताउने गरेको छ । तर हाम्रो छोराहरुले न्याय पाउनुपर्छ भन्दै मन्त्रीलाई पीडित परिवारले गुनासो पोखेका छन । २० जनालाई थुनामा राखी अनुसन्धान भईरहेको छ ।
















































। १९ आश्विन २०७७, सोमबार