कट्टीगाउँका दलितलाई  साहुको ऋणले बनायो विस्थापित

तिर्न नसकेर २ दर्जन दलित परिवार लागे भारत तिर

कट्टीगाउँका स्थानीय दुखेसाे पाेख्दै तस्वी दिनेश गाैतम नेकपा नेता

कालीबहादुर नेपाली , जाजरकोट । साहुबाट लिएको ऋण तिर्न नसकेर भेरी नगरपालिका ११ कट्टी गाउँमा दर्जन स्थानीय दलित समुदाय विस्थापित भएका छन । १ सय २५ घरधुरी भएको कट्टी गाउँका दलित समुदायले दैनिक जनजीविका चलाउनका लागि लिएको ऋण तिर्न नसक्दा भारतमा विस्थापित हुनु परेको हो ।

आफ्नो खेतबारीमा उत्पादन भएको अन्नले तीन महिना खाना नपुग्ने कट्टी गाउँका दलित समुदाय साहुबाट ऋण लिएर दैनिक गुजारा चलाउँदै आएका छन । यसरी लिएको ऋण तिर्न नसक्दा केही दलित समुदायका स्थानीयवासी विस्थापित हुन परेको एक जना स्थानीयले बताए ।

स्थानीय, जनज्योति आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्ने दलबहादुरका छोरा पारस विक भारतमा काम गरिरहेका छन । साहुको ऋण तिर्ने अवस्था भएमा मात्र गाउँमा आउने उनीहरुको भनाई छ । यस समुदायका अधिकांश बालबालिका कक्षा ३ मा पढेर विद्यालय छाड्ने गरेका छन । आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय निरन्तरता दिन नसकेको एकजनाले बताए । उनले भने, ‘दलित समुदायभित्र कक्षा १२ पास गरेका म मात्र हुँ, अरु कोही छैन ।’

उनले दिएको जानकारी अनुसार आधा दर्जन स्थानीयवासीको जग्गा साहुले आफ्नो नाममा लिएपछि जीवन निर्वाहका लागि भारत गएर विस्थापित भएका छन् । कट्टी गाउँका वीरमान विक, धर्मबहादुर विक, केशव विक, कर्णबहादुर विक लगायत अन्य स्थानीयवासी साहुको ऋण तिर्न नसकेर साहुलाई जग्गा पास गरी भारत विस्थापित भएका हुन ।

उनीहरुको जग्गा स्थानीय यदुप्रसाद शर्मा, हरिप्रसाद शर्मा लगायतका अन्य पसल गरेका स्थानीयवासीले नाममा लिइसकेका छन् । उनीहरुको पसलबाट लिएको खाद्यान्न, लत्ताकपडा आदिको ऋण तिर्न दलित समुदायका स्थानीयले नसकेपछि जग्गा नै पास गरेर आधा दर्जन दलित समुदायका मानिस भारत पलायन भएका छन ।

दलित बस्तीमा विद्युत् पुगे पनि दलित समुदायले प्रयोग गर्न पाएका छैनन् । भेरी नगरपालिकाबाट सिफारिस लिनका लागि रु एक हजार लाग्ने भएपछि सो रकम नपाउँदा यहाँका दलित समुदायको घरमा बत्ती बल्न नसकेको हो । घरमा खाद्यान्न र कपडा खरिद गर्ने पैसा छैन, कसरी विद्युत् बाल्नु भन्दै नाम नखुलाउने सर्तमा एकजना स्थानीयले बताए ।

गाउँ वारिपारि सबैको घरमा झिलिमिली बत्ती बलेको छ तर हाम्रो गाउँमा विद्युत् जोड्ने पैसा नहुँदा बत्ती बल्न सकेन के गर्नु भन्दै दुखेसो पोखे, ‘बत्तीमुनिको अँध्यारोमा बस्न बाध्य छौँ, घरमा विद्युत् बाल्नका लागि अन्य सामग्री जोड्न सात हजारभन्दा बढी लाग्छ, त्यति पैसा कसरी पाउनु र बत्ती बाल्नु ?’ स्थानीय अधिकारकर्मी पार्वती विक भन्छन्, ‘पढ्ने वातावरण र आर्थिक नहुँदा दलित समुदायका मानिस अहिलेको जमानामा पनि शिक्षा पाउनबाट वञ्चित छन्,

गरीबको चरम पीडामा छन यो समस्याबाट मुक्ति दिलाउनका लागि सबैले ध्यान दिनुप¥यो ।’ समस्यामा परेका दलित समुदायको कुरा लिएर केही सहयोग गर्न आग्रह गर्दै, डिभिजन वनको प्रमुखको कार्यकक्षमा पुगेको उनको भनाई छ । उनले भनिन्, ‘दलित समुदायको स्तर माथि उठाउने केही कार्यक्रम भए सहयोग गर्नुप¥यो भनेको थिए ।’

जाजरकोटमा यो गाउँ मात्र होइन, अधिकांश दलित समुदायको अवस्था आर्थिक रुपमा समस्या मूलक नै रहेको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोग, जातीय भेदभाव तथा छुवाछूतविरुद्धको अधिकार, अनुगमन प्रतिवेदन २०७६ उल्लेख गरिएको प्रतिवेदनमा जाजरकोटमा

कामी ३८ हजार ८५, दमाईंरढोली ६ हजार ८३१, सार्की ३ हजार ५८, बादी एक हजार २१७, गाइने १८७, लोहार १३१, धोबी १०१ र चमार, हरिजन र राम ७१ जना रहेका छन् । दलित समुदायको साक्षर जनसङ्ख्या समेत एक दम कम रहेको छ ।

 

तपाईको प्रतिक्रिया