बारेकोट गाउँपालिकाको चरम लाप्रवाही, रात्ती १० बजे सम्म कार्यालय खुल्ला, राष्ट्रिय यूवा संघले लगायो ताला

यो त हदै सम्म भयो स्थानीय सरकार ?

 

जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका भित्र चरम लाप्रवाही देखिएको छ । गाउँपालिकाको कार्यालय समय भन्दा रात्तीको समय पनि कार्यालय खुल्ने गरेको पाइएको छ ।

करिव रात्ती १० बजेको समयमा राष्ट्रिय यूवा संघ बारेकोटले कार्यालयमा कोही नभएको तर कार्यालय खुल्ला राखेको भन्दै गाउँपालिकामा चरम लाप्रवाही देखिएको जनाएको छ । गाउँपालिकाका ईन्चार्ज सन्देश सिंहले दिएको जानकारी अनुसार, नेकपा बारेकोटको कार्यक्रम सकेर, घर जाने क्रममा करिव रात्ती १० बजेको समयमा कार्यालय खुल्ला रहेको र कार्यालयमा कोही पनि नभएकोे बताए ।

रात्तीको समयमा पनि कार्यालय खुलाउने तर कार्यालयमा कोही नहुँदा चरम लाप्रवाही भएको यूवा संघ बारेकोटले दावी गरेको छ । गाउँपालिकाको चरम लाप्रवाहीलाई लिएर यूवा संघले कारबाहीको माग गर्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी समेत गरेको छ । प्रहरी चौकी लिम्साको रोहवरमा कार्यालयमा तालाबन्दी गरेको ईन्चार्ज सिंहले हाम्रो पुहँच खबर लाई जानकारी दिए ।

कार्यालयमा ताबलान्दी गर्नुभन्दा पहिले गाउँलिकाको प्रशासन कार्यालयलाई जानकारी दिएको समेत उनको भनाई छ । रात्तीको समयमा पनि कार्यालय खुल्ला गरेर जाने कर्मचारीलाई कारबाही नभए सम्म गाउँपालिको ताला नखोल्ने उनले जानकारी दिए । यसरी गाउँपालिकाको कार्यालय खुल्ला राख्दा महत्वपुर्ण समान चोरी हुने स्थानीयले बताएका छन ।

उनीहरुले रात्तीको समयमा कार्यालय खुल्ला छोडनु गाउँपालिकाको लाप्रवाही भएको समेत बताएका छन ।  यस सम्बन्धी केही अपडेट आउन बाँकी छन । यता गाउँपालिकाको प्रशासन शाखालाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया