
शंकर विक
बारेकोट २ जाजरकोट
हाल मलेसिया ।
मेरी आमा
भनिन्छ नि ! भगवान हरेक घरमा पुग्न सक्दैनन रे ! त्यसैले भगवानले आमाको रुप धारण गरेकी हुन रे ! हो मलाई पनि त्यही लाग्छ मेरो आमा । आमा मैले तिमिमा साँच्चै भगवानको रुप देखेको छु । बिश्व ब्रह्माण्डमा तिम्रै अनुहार देखेको छु ।
तिमिलाई सबै याद छ नि आमा ! तिमी मेरो आड भरोसा र साहस अनि प्रेरणाकी श्रोत हौ । तिमी साथमा हुँदा मेरो अँखा कहिले रसाएन मेरो मन नै कहिले अतालिएन जे छ तिमिलाई निर्धक्क साथ भन्न सक्थे । तिमी समर्पित श्रोता बनेर सुनि दिन्थयौ ! मलाई याद त छैन तर कल्पना गरेरै भन्न सक्छु । आमा तिमी मेरो अघिअघि उभिएर मलाई बामे सर्न सिकायकी हौ ।
तिमिलाई छुन तिमिलाई भेट्न् जोड जोडले घस्रन्थे होला म ! तिमिले मलाई यसरी नै बामे सर्न सिकाएकि हौ ! ताते ताते गर्दै यसरी नै हिंड्न् सिकाएकी हौ आमा ! तिम्रो औंला को भरिलो गोलाई समाएर ताते ताते गर्दै हिंड्न् सिक्दा मलाई ती तिम्रा औंला सायदै मेरो खुशी साटने खेलौना हुन्थ्यो होला !
तिमिले आफ्नै खुट्टाले हिंड्न् सिकाउँदा सायद म जुरुक्क उठेर हिंड्न् खोज्थे होला लर्बराउथे होला मेरो आलो काँचो शरीर थाम्न नसक्दा कतै ठोकिँन्थे होला अनि कति लड्थे होला तिमी समाल्थ्यौ । मलाई उठाउथ्यौ मलाई फेरि ताते ताते गर्दै आफ्नो खुट्टामा हिडाउथ्यौ । यसैगरी दगुर्न सिके होला ।
अब एउटा कुरा नढाँटी भने है आमा !
वालापनमा हिंड्न् नसकेर लर्बराउने म आज पनि त्यसैगरी लर्वराउँदै छु । फरक यति मात्रै हो अहिले शरीर हैन मन मस्तिष्क लर्र्वराउँछ । म भर्खरै उभिन सिक्दै छु आमा आफ्नै खुट्टामा ।मैले फेर्ने हर सासमा, मैले कल्पना गरेका हर आशहरुमा तिम्रै होसला र प्रेरणाको तरङ्ग बगिरहेको छ ।
आमा यसरी नै जिइरहेको छु यो प्रबासमा ! तिमिले दिएको प्रेरणादायी भर्र्याङ् चढेर अनि तिम्रो त्यो हौसला को बैशाखी टेकेर दिनरात पसिना बगाउदै छु । आमा पिडा र वेदनाको हत्केलाको कागती जस्तो भएको छु । थिचिएको छु मिचिएको छु । मैले तिमिलाई भनेको त छैन तर म त्यस्तै छु । आमा साहुको ऋणको हिमाल भत्काउनु छ । अनगिन्ती सपनाहरू लाई सजाउनुछ आमा
Miss You Mom. Love You Mom .
हजुरको एक्लो छोरा शंकर
बादल पारिको देश बाट मलेसिया ।
















































। २५ भाद्र २०७७, बिहीबार