राष्ट्रिय युवा संघ बारेकोटले थाल्यो बाटो निर्माण……….

जाजरकाेट ।  गत असार २५ गते गएको अविरल बर्षाका कारण अवरुद्ध गोरेटो बाटोहरु राष्ट्रिय युवा संघ बारेकोटले निर्माण थालेको छ । गाउँपालिका भित्रका विभिन्न गोरेटो बाटो विग्रिए पनि सम्बन्धित निकायले निर्माणमा चासो नदिदाँ राष्ट्रिय युवा संघ बारेकोटले निर्माण गर्न थालेको बारेकोट कमिटीका संयोजक विनोद शाहीले जानकारी दिए ।

उनले भनेर्, गाउँपालिका भित्रका ै सडक र घोरेटो बाटो अवरुद्ध भएकोले यहाँ ढुवानी गर्न समस्या भएको छ ।’ बाटो अवरुद्ध हुदाँ यहाँका स्थानीयमा भोकमरीको समस्या पर्ने देखिएपछि बाटो निर्माण गर्न थालिएको उनको भनाई छ । युवा संघको टोलीहरुले वडा नं ५ बाट अभियान थालेको यूवा रोजेन्द्र विक्रम शाहीले जानकारी दिए ।

४ दिन सम्म उक्त रहेका अवरुद्ध गोरेटो बाटोहरु सञ्चालन गर्ने उनले बताए । असार २५ गते गएको पहिरोको कारण गाउँपालिका भित्रको भुमी तहसनहस भएको छ । ठाउँठाउँमा पहिरो गई गोरेटो बाट अवरुद्ध हुदाँ स्थानीयहरुई आवातजावत देखि खाद्यान्न ओसारपसार गर्न समेत निकै समस्या भएको छ ।

 

तपाईको प्रतिक्रिया