
रमेश अधिकारी
जाजरकाेट । नेपाल तालिम तथा रोजगार ब्यबसायी संघ कर्णाली प्रदेश अध्यक्षमा उपेन्द्र कुमार शाही चयन भएका छन् । शाहीको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन भएको हो ।
प्रदेश संघको वरिष्ठ उपाध्यक्षमा सुमन नाथ योगि,उपाध्यक्ष टीका बुढाथोकी ,सचीव रमेश शर्मा,सह-सचिव रमेश अधिकारी,कोषाअध्यक्ष महेश नेपाली र सदस्यहरुमा क्रमश प्रदिप घिमिरे,जगत बहादुर कटुवाल,राम बहादुर खड्का,प्रकाश खड्का,मिना भण्डारी,बिनोद शाही,कमल बुढाथोकी,सन्दिप बि.क र दिपेन्द्रकुमार शाही सर्बसमत चयन भएका छन । बर्सेनि करौडौ बजेट सीप तथा रोजगारीको क्षेत्रमा बिनियोजन हुने भए पनि उपलब्धि खास्सै नदेखिएकोले प्रदेश संघले यो विषयमा पहल गर्ने महासंघका अध्यक्ष उपेन्द्र कुमार शाहीले बताए ।
यस्तै बेरोजगार रहेका युवाहरुलाई विभिन्न किसमका सिपमुलक तालिमहरु प्रदान गरि उनिहरुलाई स्वरोजगार बनाउन मद्दत पुर्याउने उद्वेश्यले महासंघ गठन गरिएको नव गठित प्रदेश संघका सचिव रमेश शर्माले बताए ।
सातै वटा प्रदेशमा प्रदेश संघ गठन गर्ने क्रममा कर्णाली प्रदेशमा पनि गठन गरिएको हो । विश्वब्यापी सङ्कट कोरोना भाईरसले निम्त्याएको बेरोजगारी समस्याको अन्त्य गर्न एक मात्र बिकल्प ब्यबसायिक तालिम मार्फत रोजगारी सृजना गर्नु भएकाले संघले यो विषयमा सम्बन्धित निकायसङ निरन्तर समन्वय एबम सहकार्य गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
















































। १३ भाद्र २०७७, शनिबार