वाहा ! साहित्यकार महेन्द्र शाही समीरण का गजलमा यति मिठास ? तीन उत्कृष्ट गजल

No description available.

महेन्द्र शाही समीरण
भेरी नगरपालिका ७ जाजरकोट ।

गजल
गलत समयमा, अवरुद्ध बनि दिन्छ, गलाले पनि
तिम्रो पक्षमा बाेल्याे, न्यायालयकाे, फैसलाले पनि

अचेल, आफ्नाे भन्न पनि, रूचाउन छाड्याे मनले
सफरमा, दुस्मनी देखाउछ ,आफ्नै पैतलाले पनि

बिचार राख्नु भाे, व्यवहारमा पनि, देखाइदिनुहाेस
हजुरले जस्तै गरि, बाँच्न पाउनु पर्छ, अबलाले पनि

जाे-काेही आउँछ, खेल्छ जान्छ, मैदान सम्झिन्छन्
ढुङ्गाकाे, हृदय बनाउन भुलेछ, सृष्टिकाे कलाले पनि

गजल
समय आउँछ अवस्था लिएर आपति जस्ताे
मुटुले पनि चल्न मान्दैन नियमित गति जस्ताे

मलाई मानवता भन्ने कुरा पनि अनाैठाे लाग्छ
आफैले चलायाे आफैले हेर्याे प्रथा सति जस्ताे

मेराे छिमेकीले सम्पतिकाे घमण्ड देखाइ रहन्छ
मरे पछि लिएरै जाने हाेला कति न कति जस्ताे

मृत्यु शैयामा राखिएकी आमा सम्झिने गर्छिन
सन्तानको आगमनलाई पनि ओखति जस्ताे

प्रत्येक सफरमा सफलता भेटेकाछाैँ बिचार गर्नु
अवनतिले अप्ठ्यारो ल्याउछ हुदैन उन्नति जस्ताे

गजल
सहरकाे बाटाे भएर गाडी आउँछ फरक यत्ति हाे
गाउँको बाटाेमा त झाडी आउँछ फरक यत्ति हाे

काकाकाे घर तिर मान्यजनहरुकाे सवारी भयाे
हाम्राे घरमा भने गफाडी आउँछ फरक यत्ति हाे

छिमेकी बसाइँ सार्ने तरखर गर्दै छन ग्रहहरुमा
म जिउने आधार खाडी आउँछ फरक यत्ति हाे

लगानी गरेका छाैँ मेडल आउँछ उपाधि आउँछ
मेराे देशमा फर्केर खेलाडी आउँछ फरक यत्ति हाे

तपाईको प्रतिक्रिया