चार चिकित्सकलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा कार्यालय  सिल

जाजरकोट । स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका चिकित्सकहरुलाई कोरोना संक्रमण देखिएपछि बिहीबारदेखि अस्पतालको सेवा बन्द गर्न लागिएको छ।

चार जना चिकित्सकलाई कोरोना देखिएपछि सबै खालका सेवा बन्द गरी सिल गर्न लागिएको हो। त्यस्तै डिभिजन वन कार्यालयका कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको छ। एक हप्ताका लागि भेरी नगरपालिका ३–४ मा निषेधाज्ञा जारी गरिएको छ।

तपाईको प्रतिक्रिया