बारेकोट विशेष ः राहत वितरणमा नातावाद क्रिपावाद गरिएको भन्दै वडा कार्यालयमा तालाबन्दी, निर्णय विपरीत राहत वितरण

No description available.

जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकाको एक वडामा तालाबन्दी गरिएको छ । गाउँपालिका स्थित वडा नं ५ मा राहत वितरणमा नातावाद क्रिपावाद गरिएको भन्दै स्थानीय यूवाहरुले तालाबन्दी गरेका हुन ।

उनीहरुले गाउँपालिका र वडापालिकामा आएको रकम पिडित परिवारलाई नदिई आफन्त र नजिकको मान्छेलाई दिने गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेको यूवा मानबहादुर सिंहले जानकारी दिए । वडापालिकामा मिती २०७७।०५। ०१ गते बसेको जनप्रतिनिधी लगायत सरोकारवालाहरुको वैठकले अवको दिनमा राहत जता बाट आएपनि वडा नं. ५ पिडित परिवारलाई बाँड्ने निर्णय भएको थियो ।

तर अहिले वडा पालिका बाट मनोमानी राहत वितरण गरिएको भन्दै यूवाले वडा कार्यालयमा तालाबन्दी गरेका छन । गत असार २५ गत बाढी र पहिरो बाट बारेकोटका झन्दै १ हजार २ सय परिवार राहतको प्रखाईमा छन ।

तर राहत वितरणमा नातावाद क्रिपावाद गरिएको भन्दै १ सय ३९ जनाले वडामा ताला लगाएका छन । एक निणर्य गरिन्छ तर राहत अर्कैलाई बाँडिन्छ भन्दै युवाहरु वडा कार्यालयमा खनिएका हुन ।

No description available.

No description available.

No description available.

 

तपाईको प्रतिक्रिया