आठविसकोटमा कन्ट्रयाक्ट ट्रेसिङ तिव्र गरिदै

टेकराज पुन रुकुम पश्चिम ।
रुकुम पश्मिको आठविसकोट नगरपालीकामा गत शनिवार ४ जना पुरुष र २ जना महिलाई कोरोना सँक्रमण पुष्टी भएपछी तिव्र गतीमा कन्ट्रयाक्ट ट्रेसिङ अगाडी बढाइएको नगरअस्पतालका स्वास्थ्य सँयोजक मनिराज शाहले वताउनु भयो ।  उहाका अनुसार आज एकै दिनमा एक सय २१ जनाको स्वाव सँकलन गरी चौरजाहरी प्रयोगशालामा पठाउने तयारी गरिएको छ ।

११ र १२ नम्वर वडाका ६ कोरोना सँक्रमितहरुको सम्पर्कमा आएका १७ महिला र १०४ जना पुरषको स्वाव सँकलन गरिएको उहाँले वताउनु भयो । अँझै सँक्रमित ब्यक्तिहरुको सम्पर्कमा आएकाहरुको स्वाव सँकलन गरिनेका जारी रहेको पनी अस्पताल स्रोतले जनाएको छ ।

यता राडी स्थिती आइसोलेसन वार्डमा सारिएका ६ सँक्रमितहरुलाई कुनै पनी लक्षण नदेखीएको उनीहरुसवैको अवस्था सामान्य रहेको अस्पतालमा कार्यरत डेल्थ असिस्टेन्ट तथा सँक्रमितहरुको उपचारमा खटिनु भएका डाक्टर पुरण केसीले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया