पहिरो प्रभावितलाई राष्ट्रिय यूवा संघको सहयोग हस्तान्तर

No description available.

जाजरकोट । गत असार २५ गते गएको पहिरोका कारण विस्थापित परिवारलाई राष्ट्रिय यूवा संघ जाजरकोटले संकलन गरेको राहत सामग्री हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय यूवा संघ जाजरकोटका ईन्चार्ज एवम केन्द्रिय सदस्य मोहित विक, केन्द्रिय सदस्य विश्व विक्रम शाह, कुशे गाउँपालिका १ का वडाध्यक्ष गोपाल नेपाली सहितको टोलीले पहिरो प्रभावित क्षेत्रमा पुगी राहत वितरण गरेको हो ।

No description available.

बच्चाको कपडा ६० थान, महिलाको कपडा ७६ थान, पुरुषको कपडा १ सय १० थान लगायत अन्य दैनिक प्रयोगमा आउने सामग्री हस्तान्तरण गरिएको केन्द्रिय सदस्य विश्वविक्रम शाहले जानकारी दिए । यो संगै स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरिएको छ ।

जसअन्तर्गत मास्क ४ बोरा,जीवनजल १ काटुन, पानी शुद्धिकरण चक्की ५ सय पिस र औषधी सिटामोल २ सय पिस वितरण गरिएको केन्द्रिय सदस्य मोहित विकले बताए । पहिरो बाट बारेकोट गाउँपालिका भित्र १ हजार २ सय १२ जना प्रभावित बनेका छन । बारेकोट गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सिर्जना कुमारी बस्नेतले राष्ट्रिय यूवा संघलाई धन्यवाद व्यक्त गरिन ।

आपत्तीको वेला सहयोग गर्नु सबैलाई ठुलो कुरा भएको बताइन । राष्ट्रिय यूवा संघले जाजरकोट जिल्लाका विभिन्न व्यापारीहरु बाट राहत संकलन गरेको थियो । पहिरो प्रभावितलाई ३ लाख बराबरको सहयोग हस्तान्तरण गरिएको छ ।

No description available.

 

तपाईको प्रतिक्रिया