देशको भविष्य विप्ल्वकाे हातमा छ भन्दै एकजना यूवाले विदेश बाट लेखे यस्तो पत्र । सेयर गरी नेत्र विक्रम सम्म पुर्यौँ ।

आदरणीय कमरेड विप्लव
( ने . क. पा महासचिव )
लाल सलाम एंबम अभिवादन ।
कुशल हुनुहुन्छ होला कुशलताको कामना गर्दछु । म हजुरको व्यक्तिगत जिवनको हाल खबर बुझ्न यो पत्र पक्कै पनि लेखेको हैन मैले त केबल राजनैतिक र वैचारिक विषयमा मनमा लागेका कुराहरु हजुर सम्म पु¥याउने प्ररेत्र्ना गरेको छु । आदरणी कमरेड समय जटिल छ अनि परिस्थिति गम्भीर छ । देश घुस खोर दलाल र फाँसिस्ट हरुको हातमा पुगिसकेको छ । हिजो ठेलागाडामा चडेर अमेरिका पुगिदैन भन्ने हरु आज गणतन्त्रका नाईके भएका छन ।

आफुलाई बाहिर ठुलै देशभक्ति देखाउने तर भित्र देश बेचुवा दलाल का असलि अनुहार हरु पनि घाम जस्तै छर्लंग भएको छ । देश विषम परिस्थितिमा मा गुर्जिरहेको छ । आफुले आफैलाई सच्चा कम्युनिष्ट ठाँन्नेहरु झुटको राजनीति गरेर जनताको आँखामा धुलो हाल्ने काम गरिरहेका छन । आफु सुकुनको निद्रा सुतेर जनताको निद्रा हराम गर्ने कसिङ्गर हरुको नेपालमा कुनै कमि छैन । यो काण्डै काण्ड ले लतपत भएको सरकारले समुन्नत समाज निर्माण को अलवा भ्रष्टाचार मुलक देश बनाउने काम गरेछ ।

आंशिक रुपमा भएको विकासलाई सर्वपरी ठाँन्ने यिनीहरुका काका ( काकी भतिजा भतिजि भान्ज भान्जि र छोरा छोरी अनि बुहारी मुखि अवसर र विकास भएको जनताले बुझेका छन । अखिर यो कहिले सम्म तेत्रो दश बर्ष लडेर रगत पसिना बगाए नेपाली जनता ले के पाए ? पाएत केबल ढाड सेक्ने कर आकाशिय मुल्य वृद्धि गाउँमा गाउँमा फेरि उहीँ छोटे राजा आखिर जनताको रगत पसिना चुस्ने हरु को आयु अझै कती लामो छ अब के बेला भएनर यिनिहरुको शासन पत्तासाफ गर्ने बेला हो कमरेड बर्सेनि लाँखै लाख युवा विदेशीन बाध्य भएका छन ।

यो वर्ष त अँझै देश नयाँ संकटमा छ । विश्व महामारीको रुप लिएको कोराना नामक भाईरस ले विश्व अर्थतन्त्र धरासाही बनाएको बेला नेपालमा भने मेडिकल कीट मा कमिसन र भ्रष्टाचार भएको छ । देश कोराना को चपेटामै परिरहेको मौका पारेर आफुलाई असल छिमेकी भन ठान्ने भारतिय बिस्तारवादले नेपालको सिमाना अतिक्रमण गरेर नेपालीको सार्वभौमिक्ता माथी धावा बोलेको छ भने अर्कोतिर अमेरिकी साम्राज्यवाद ले मिलिनिर च्यालेन्ज मार्फत नेपाललाई नेपाल र नेपालीलाई वैदेशिक उपनेवेशिक वनाउने र नेपाललाई युद्ध मैदानमा रुपान्तरण गरेर आफ्नो हैकमवाद चलाउन चाहान्छ ।

फाँसीवादी चरित्र भएको दलाल सरकारले गर्दा देश संकट मा छ दलालहरु लाई भने आफ्नो कुर्सी बचाउन । गुटबन्दी खेल खेलेनु परेको छ ।

ठाउँमा (ठाउँमा बाढी पहिराले हजारौं हजार मानिसहरु घरबार बिहिन भएका छन । गरिबले बस्ने घर पाएकन छैन्न , भोकाहरुले पेट भरी खाना पाएका छैन , मजदुर ले ज्याला पाएका छैन्न । अन्यायमा परेकाले न्याय पाएका छैन्न , महिला दलित जनजाति लगाएत विभिन्न जात जाति क्षेत्र लिङ्ग र पिछडिएका क्षेत्र र वर्गले अधिकार पाएका छैन्न युवाले रोजगार पाएका छैन्न । विध्यार्थीले शिक्षा पाएका छैनन । शिक्षकले अवसर पाएका छैनन् ।

यी यावत कुरा जिउका तिउ छन । कसरी जनताले यो सत्ता ठिक छ भनेर भन्न् सक्छन यी यावत कारणले आदार्निय कमरेड ले उठान गरेको एजेन्डा ऐकिकृत जनक्ररान्ति र बैज्ञानिक समाज बादअहिले को अपरिहार्य आवश्यकता भएको मैले बुझेको छु । आम जनता सामुले पनि महसुस गरेको छ । आउनुहोस खुल्ला मञ्चमा र यी संशोधवादी दलाललाई धुलो चटाएर नयाँ वैज्ञानिक सामाज स्थापना गरौ भन्दै मेरो पत्र टुंगिएको जानकारी गराउछु ।
हस्त । धन्यवाद लाल सलाम ।।
तपाईको शुभचिन्तक
शिशिर सिंह्
जाजरकोट बारेकोट हाल मलेसिया ।

तपाईको प्रतिक्रिया