जाजरकोटमा लोपउन्मुख लोभिपापी गरुडको संख्या बढ्दै, एकै ठाउँमा ११ भन्दा बढी भेटिए

No description available.

जाजरकोट । विश्व बाट लोपउन्मुख अवस्थामा रहेको लोभिपापीको गरुडको संख्या जाजरकोटमा बढ्दै गएको छ ।

जिल्लाको भेरीनगरपालिका १ धोल्दामा केही समय पहिले केही गरुडको संख्या भेटिएको थियो । विहीबार भेरीनगरपालिका १ कालेगाउँको नदी किनाराको एकै ठाउँमा ११ वटा भेटिएको पशुपंक्षी विज्ञ गोविन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार, जिल्लामा यो संख्या सबै भन्दा बढी हो । तर यस भन्दा अघि जाजरकोटका ठाउँठाउँमा भेटिएको थियो ।

सुर्खेतमा १ण् भन्दा बढी भेटिएको समेत जानकारी दिनुभयो । लोपउन्मुख अवस्थामा रहेको लोभिपापी गरुड सुर्खेतको सिम्ता, बाँकेको चिसापानी , भेरीनगरपालिका १ धोल्दा एरियामा यो बच्चा कोरोल्दै आएको समेत बताउनुभयो ।

विश्व बाट लोपउन्मुख अवस्थामा रहेको गरुड जाजरकोटमा पाउनु खुसीको कुरा भएको भन्दै विज्ञ सिंहले संरक्षणको अभाव रहेको समेत कताउनुभयो । संरक्षणका प्रयासहरु गर्न पनि स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

No description available.

तपाईको प्रतिक्रिया