
जाजरकाेट । मानिसहरु आफ्नो जन्म दिनमा केही साथीहरु जम्मा गरी भोज खाने काम गर्छन । अझ त आफुलाई मन पर्ने मान्छेलाई महंगो उपहार पनि किनि दिन्छन । कसैलाई सहयोग गर्ने भन्दा पनि धेरै पैसा भोज खाएर, साथीहरु रमाएर विताउछन ।
तर जिल्ला कृषि विकास कार्यालय जाजरकोटमा कार्यरक्त कृषि प्राविधिक टोपेन्द्र विश्वकर्माले आफ्नो जन्मदिनमा भेरीनगरपालिका १३ कुदुका यज्ञबहादुर रोकायका २० महिने ब्लड क्यान्सर पिडित शिशुको उपचारका लागि दश हजार रुपैयाँ सहयोग गरेका छन । मनकारी स्वभाव भएका टोपेन्द्रले आफनो जन्मदिनको अवसर पारी पिडित बालकको यूवाको खातामा उक्त रकम जम्मा गरेका हुन ।
कुदुका यज्ञबहादुर राेकाय अहिले छोराको उपचार खर्च जुटाउन निकै समस्यामा परेका छन । हामीलाई लाग्छ तपाईको जन्मदिनमा पनि भोज खाएर भोली सकिन्छ तर तपाईले कसैलाई सहयोग गर्नु भयो भने, तपाईको सहयोगको सयौँ बर्ष सम्म पनि मुल्यांकन हुन्छ ।
















































। १५ श्रावण २०७७, बिहीबार