
तस्वीर पत्रकार लोकेन्द्र विश्वकर्मा
जाजरकोट । बाढीपहिरोवाट अति प्रभावित बारेकोट गाउँपालिकाका विस्थापितहरु राहत नपाएर गाँसबासकै समस्याले बिचल्लिमा छन । बारेकोट पुग्ने सडक र गोरेटो समेत अबरूद्द हुँदा बिस्थापितका लागि राहत पुर्याउन कठिनाइ भएको हो ।
बारेकोटका ९ वटै वडामा गरी १ हजार ५५ जना भन्दा बढी विस्थापित छन् । सुरुमा प्रदेश सरकारले हेलिकप्टरलमा पठाएको १३बोरा चामल र १३बोरा चिउरा सकिएको छ । राहतको लागि सरकारले खासै पहल नगरेको विस्थापित हरुको गुनासो छ । असार २५ गते राति आएको पहिरोले बारेकोट ४ सार्कि टोलका २ घरका ७ जना र आफन्तको घरमा आएका ३ जनाको ज्यान गएको थियो । भने १ जना अझै वेपत्ता छन् ।
त्यस्तै बारेकोट ६ का २ जना वेपत्ता छन् भने २ जना घाइतेको हेलिकप्टरद्दारा उद्दार गरी नेपालगञ्जमा उपचार भइरहेको छ । गाउँपालिका भरिका २५ भन्दा बढी घर पुर्णरुपमा पुरिएका थिए । पहिरोले घर बगाएका तथा जोखिमयुक्त स्थानका कम्तिमा २ सय परिवारका १ हजार ५५ जना सुरक्षित स्थलमा सरेका छन् ।
पहिरोले घरवार विहिन भएका र उच्च जोखिममा रहेकाहरु विद्यालय,खुल्ला चौरमा पाल टाँगेर र कोही आफन्तकोमा वसेका छन् । बस्ति छोडेका हरु दिउँसो घाम लागेको वेला अलिअलि वचेको खेतवारीमा काम गर्ने वस्तुभाउको स्याहार गर्ने र साँझखेर सुरक्षित ठाउँमा जाने गरेका छन् ।
पहिरोमा सर्वस्व गुमाएकाहरु मानसिक रुपमा समेत विक्षिप्त बनेका छन् । बेसरी खेतवारीमा मेहनत गरेर लगाएको बालि पहिरोले बगाएपछि किसानहरु गालामा हात राखेर आँखा भरी आँसु पुछुदै डाँडाबाट आफ्नो बगर जस्तो देखिने खेतबारी तिर हेर्दै अव दुख गरेर खाने ठाउँपनि नरहेको दुखेसो पोख्छन् ।
बिस्थापित गाँसवासको अभावमा विचल्लिमा परेका छन् । थोरै मात्रामा आएको राहत बितरणमा समस्याका कारण विस्थापित हरुले राहत पाउन सकेका छैनन् । खाद्य डिपोमा चामल नभएपछी स्थानिय पसलहरुमा चामल खोज्दा कहिपनी चामल पाइएन खाजा खाएर छाक टार्नुपर्ने बाध्यता छ घर पहिरोले बगाएपछी हिमालय आ.वि गोठगाँउमा बिस्तापित भएर बसेका जैधने नेपालीले दुखेसो पोखे । उनले भने मकैत छ तर पिस्ने घट्ट खोलाले वगाएपछी खाजा खाएर दिन काटिरहेका छौँ । त्यस्तै विद्यालयले ट्वाइलेट प्रयोग गर्न नदिएको र खानेपानिको समस्या भएको भगवती आ.वि जिरीमा वसेका मन्दिरे सार्किले बताए ।
पहिरो प्रभावित अहिले निकै समस्यामा छन । थोरै मात्रामा संघ संस्थाले सहयोग गरेका छन । त्यहि सहयोग पनि विभिन्न पार्टीका कार्यकर्तामा घरमा पुगेको तर विचल्लीमा घरका परिवारमा नपुगेको स्थानीयको गुनासो छ । प्रभावित भएको ३ हप्ता पुग्दा समेत राहत नपाएको स्थानीयले बताएका छन । भेरीमालिका दैनिक
















































। १४ श्रावण २०७७, बुधबार