
नेपाल सरकार घरेलुू तथा साना उधोग विकास समिती द्वारा संचालित आर्थिक बर्ष २०७६ र ७७ को गरिबी निवारणका लागि लघु उधम बिकास कार्यक्रम मेड्पा अन्तर्गत कार्यरत उधम बिकास सहजकर्ताहरुले तलब नपाएको बताएका छन ।
उधोग मन्त्रालयले २०७७ असार ३० गते निकालेको सुचनामा जिल्ला उधम विकास समिती बाट निर्णय गरि तलब सुबिधा दिन सकिने भए पनि उधम विकास समितिले तलबको विषयमा निर्णय नगरेको र तलबको लागि सम्बन्धित निकायमा पहल गर्दा दिपायल सिलगढी नगरपालिकाका मेयरले जेल हाल्छु भनेर उधम विकास सहजकर्तालाई धम्की दिएका हुन ।
धेरै जिल्लामा करार सम्झौता अनुसार सेवासुबिधा पाए पनि डोटीमा अन्याय भएकोले डोटी उधम बिकास सहजकर्ता संघका कोषाध्यक्ष लोकेन्द्र धामीले बताएका छन । साथै सम्बन्धित निकायमा सेवा सुबिधा बारे गम्बिर बनिदिन अनुरोध गरेका हुन । उधम बिकास सहजकर्ता सङं डोटिले सम्बन्धित निकायलाई लिखित रुपमा ध्यानाकर्षण गरेको छ ।
















































। २ श्रावण २०७७, शुक्रबार