सनिबार कोरोना संक्रमित, २७३ जना थपिए कोरोना संक्रमित संख्या ५३ सय ३५ पुग्ये

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा आज शनिबार २७३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा नेपालमा कुल संक्रमितको ५ हजार ३३५ पुगेको छ।

यसमध्ये २४७ जना पुरुष छन् भने बाँकी ३६ जना महिला छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणकै कारण नेपालमा मृत्यु हुनेको संख्या १८ पुगेको छ।

त्यस्तै, डिस्चार्ज हुनेको संख्या ९१३ पुगेको छ। प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ६१ पीसीआर परीक्षण र २ हजार ५ सय ३० आरडिटी परीक्षण भएको बताए। यससँगै हालसम्म कुल पीसीआर परीक्षण १ लाख २७ हजार २ सय ८८ जनाको भएको छ भने आरडिटी परीक्षणको संख्या १ लाख ९० हजार ५ सय ८२ पुगेको छ।

यस्तै, क्वारेन्टाइनमा रहेका मानिसहरुको संख्या १ लाख ५० हजार ५ सय ४९ रहेको छ भने आइसोलेसनमा उपचार गराएका संक्रमितको संख्या ४ हजार ४ सय ४ जना छ। पछिल्लो २४ घण्टामा ३६ जना निको भएर घर फर्किएका छन्।

जसमध्ये नारायणी अस्पताल वीरगंजबाट ५ जना पुरुष, साइकृष्ण आइसोलेशन सप्तरीबाट १७ जना पुरुष, आइसोलेसन सेन्टर सहपूर्व दुदुवा बाँकेबाट ८ जना पुरुष र भरतपुर अस्पताल चितवनबाट ६ जना पुरुष निको भएर घर फर्किएका हुन्। यससँगै निको हुनेको संख्या ९ सय १३ पुगेको छ।

तपाईको प्रतिक्रिया