कोरोना संग जुदिँरहेका बारेकोटबासी , स्थानीय सरकारको तयारी कमजोर

जिम्मेवार निकायका गैरजिम्मेवारी काम

कालीबहादुर नेपाली

जाजरकोट – जिल्लाको बारेकोट गाउँपालिका अहिले कोरोनाको इपिसेन्टर बन्दैछ । जेठ १५ गते स्वाव संकलन गरियो तर १० दिन पछि अर्थात जेठ २५ गत मात्रै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले स्वावको रिपोर्ट निकाल्यो । रिपोर्ट नै आउन १० दिन लागेपछि गाउँपालिकाकालाई बाहिरी मुलक बाट आएका नागरिकलाई कहाँ राख्ने भन्ने समस्या भयो रु स्वावको रिपोर्ट आउन समय लाग्ने भएपछि स्वाव संकलन गरिएका नागरिकलाई होम क्वारेन्टाइनको व्यवस्था गरेर बस्नुहोला भन्दै क्वारेन्टाइन बाट होम क्वारेन्टाइनमा पठायो ।

होम क्वारेन्टाइनमा पठाइसके पछि स्वाव संकलनको नतिजामा बारेकोटका १ प्रहरी निरीक्षक सहित ४ जनामा कोराना भाइरस पोजिटिभ भएको नतिजा बाहिरीयो । कोरोना पोजिटिभ भएको समाचार बाहिरीएपछि बारेकोट गाउँपालिकालाई कोरोना संक्रमितलाई कहाँ राख्ने भन्ने समस्या भयो रु यसरी हेर्दा गाउँपालिकाले कोरोना भाइरस सम्बन्धी तयारी नै नगरेको प्रस्ट देखियो । कोरोना सक्रमित भएका प्रहरी निरीक्षकलाई गाउँपालिका बाहिरको सुविधा सम्पन्न अस्पतालको आइसोलोसन कक्षमा उपचारका लागि पठाईयो ।

तर गरिव दलित र पिछडिएका परिवारका नागरिकलाई असुरक्षित निजी विद्यालयमा राखियो । निजी विद्यालयको आइसोलोसन कक्षमा राखिएका नागरिकलाई प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले वेला वेलामा चेकजाँच गर्छन । उनीहरु फर्कदा नै हामी पनि सुरक्षित छैनौ र उनीहरुमा पनि जटिलता आयो भने के गर्ने रु भन्ने चिन्ताको विषय भएको एकजना स्वास्थ्यकर्मीले भने ।

गाउँपालिका भित्रका नागरिकलाई झन् कोरोना भाइरस गाउँपालिका भित्र प्रवेश गरिसक्यो मरिन्छ, बाँचिन्छ यो भगवान्को लिला मात्रै हो भन्नुको विकल्प बाहेक अरु के होला भन्ने चिन्ताको विषय बनीसकेको छ । एक त भौगोलिक विकटताको सुचीमा परेको बारेकोट, त्यसैमा पनि उपचार नै छैन भने कसरी बाँच्ने स्थानीय सर्पे थापाले गुनासो गरे । उनलाई लागेको थियो, यहाँ कोरोना भाइरस लागेका नागरिकलाई कुनै खालको उपचार गर्ने ठाउँ नभएपनि, सुविधा सम्पन्न अस्पतालमा त लग्छ, तर उनले सोचेको जस्तो नै छैन, बारेकोट गाउँपालिका १ का कोरोना संक्रमितलाई राखिएको आइसोलोसन कक्षमा राखिएको देखेर उनको शरीर झस्किएर आउँछ ।

उनी मात्रै होइनन्, बारेकोटबासीले अहिले कोरोना बाट कसरी बच्ने भन्ने बाहेक अरु सोचेका पनि छैनन् । मंगलबार गाउँपालिकाकाले परीक्षण गरेको आर।डि।टी।मा २ जनामा पोजिटिभ रिपोर्ट बाहिरियो । बुधबार पनि आर।डि।टी।मा ३ जनामा कोरोना पोजिटिभ देखियो । तर पोजिटिभ देखिएका नागरिकलाई आइसोलोसन कक्ष अर्थात एकान्त बासमा लग्नुपर्ने हो तर गाउँपालिका स्वास्थ्य शाखाले भरपाईको भरमा घरमा छोड्यो । घरमा छाडे संगै स्थानीयबासीहरु स्थानीय सरकारलाई निकै गाली गर्छन ।

अहिले सम्म पालिकाले कता हेरेको थियो एउटा आइसोलोसन कक्ष निर्माण गरेको भए राम्रो हुने थिएन र रु उनीहरुको प्रश्नको जवाफ दिदैँ, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले भने, “संघ र प्रदेश सरकारले कुनै खालको सहयोग गरेको छैनन् । स्थानीय सरकारले पहिले केही औषधी खरिद गरेको थियो अहिले के गर्ने भन्ने पालिकालाई समस्या छ ।” गाउँपालिकाले २ ठाउँमा हेल्प डेस्क निर्माण गरेको छ त्यहाँ समान्य ज्वरो नापिन्छ र घर फकाइन्छ ।

गाउँपालिका भित्रका प्रत्येक सरकारी विद्यालयमा भारत तथा तेस्रो मुलुक बाट आएका नागरिकलाई कोचाकोच पारेर राखिएको छ । नत स्वास्थ्य चेकचाँज त नत कुनै सरकारी टोली गएर क्वारेन्टाइनमा बसेका नागरिककोे स्वास्थ्य नै कस्तो छ भनेर सोध्छन् यो त नागरिकको स्वास्थ्यमा खेलवाडा भएन र स्थानीय सरकार रु अस्पतालमा रहेका स्वास्थकर्मीलाई उचित सामग्रीको व्यवस्था नगर्दा जोखिम मोलेका छन् । कोरोना संक्रमितलाई राख्ने आइसोलोसन नहँदा घर फर्काइन्छ । आफु त आफु नै हो तर छोराछोरी र घरपरिवारको माया हुदैनन् न र सरकार रु त्यसैले बारेकोटबासीको स्वास्थ्यमा खेलवाडा होइन स्वास्थ्य अधिकार प्राप्त गरौँ ।

गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन् , ४ जना संक्रमित भेटिएपछि २४५ जनालाई कन्ट्याक टेङसिङ गर्दा जम्मा ५ जनाको आर।डि।टी। पोजिटिभ भेटिएको छ । उहाँहरु सबैलाई हामी संग उपलब्ध साधन स्रोत र जनशक्तिका आधारमा आइसोलोसनमा राखेका छौँ । सबै शारीरिक अवस्था समान्य छ । स्वास्थ्यकर्मीको निगरानीमा राखेका छौँ ।

भोली देखि वडा नं १ को निर्माण सम्पन्न भवनमा थप व्यवस्थित गरेर उच्च मनोवलका साथ आइसोलोसन गरेर सुरक्षित घर पठाउने वातावरण र व्यवस्थापन गछौँ साथीहरु साकरात्मक सल्लाह र सुझाव र सहयोगका लागि धन्यवाद । थप अपेक्षा गरेका छौँ । बारेकोटको समग्र स्वास्थ्य अवस्था नै कमजोर बनेको छ । सबै मिलेर कोरोना भाइरसलाई भगाउनु नै बारेकोटबासीका लागि सुखद पक्ष मानिने छ । जिम्मेवार निकायका गैरजिम्मेवारी काम नबनोस हाम्रो शुभकामना ।

तपाईको प्रतिक्रिया