बारेकोटमा कोरोनाको जोखिम बढ्दै, २ जनामा कोरोना पोजेटिभ

जाजरकोट – जिल्लाको बारेकोट गाउँपालिमा २ जनामा आर.डि.टि.परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ । मंगलबार प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा गरिएको परिक्षणमा २ जनामा पोजेटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिए ।

बारेकोट गाउँपालिका १ का ५० र ३१ बर्षको महिलामा कोरोनाको पिसीआर रिपोर्ट पोजेटिभ देखिएको हो । आर.डि.टि. मा कोरोना पोजेटिभ देखिएकाहरुलाई जति सके छिटो पिसीआर परिक्षण गरिने स्वास्थ्य शाखा प्रमुख सिंहले जानकारी दिए ।

बारेकोट गाउँपालिकामा गत जेठ १५ गते एकजना प्रहरी निरीक्षक संगै ३ जनामा कोरोनामा पिसीआर रिपोर्ट पोजिटीभ देखिए संगै कोरोना बाट बारेकोट अछुतो हुन सकेन । मंगलबार १ सय ९२ जनाको आरडिटी परीक्षण गरिएको छ । स्वाव संकलन कार्य बन्द गरेपछि कोरोनाको खतरा बढेको छ ।

तपाईको प्रतिक्रिया