“जातिय बिभेद्कै कारण मारिए,प्रेममा ब्याकुल दलित युवा नबराज बि.क”

हरीबहादुर विक  ।  मात्र ६ महिना देखी विश्व  भर फैलिएको कोरोना भाईरसले विस्वलाई नै आतंकित र अछुत बनाएको यस सन्दर्भमा मुखमा मुवाला लगाई अछुत भएको अनुभुति संसार मै जगजाहेर छ।

अब नेपाली समाजले के मात्र बुझ्न बाँकी रहन्छ भने ,ति हजारौं बर्षदेखी अछुतको नाममा मुखमा मुवालो लगाई बसेका अछुत हरुको अनुभुति कस्तो होला? यति मात्रै यो समाजले बुझन सके अन्तर जातिय प्रेम मा बिहेको सपना सजाएर प्राणको आहुती दिने,जाजरकोटि युवा नबराज बि क जस्ता अन्य युवाहरुलाई शायद ,यो दिन आउदैनथ्यो होला। जातियताको आधारमा जुन तरिकाले,प्रेम अबोध युवाहरुलाई जंगली मृगलाई घेरा हाले झै गरि ,समाजको प्रतिनिधित्व गर्ने ब्यक्तिहरुको नेतृत्वमा जसरी निर्मम हत्या गरिएको छ । यस्तै सिङ्गो नेपालमा रहेका ६० लाख दलितहरू को मुखमा ,कडा झापड सम्म हान्न पुगेको छ । हत्या भएको यतिका दिन सम्म पनि कानुनले भनेचै किटानी भएको छैना भनी हत्याराहरुलाई खुल्ला छाडेको छ ।

हिजो जातीय छुवाछूतलाई अन्त्य गर्ने बहानामा दश(१०) बर्ष सम्म दलित हरुलाई युद्धमा दुरुत्साहित गर्ने नेता ज्युहरु अहिले दलित हरुको सामुहिक हत्या हुदा सम्म कता निदाउनु भएको नि ? यहि हो त परिवर्तनको नाममा हिजो दलितहरूलेआफ्नो प्राणको आहुती दिएको परिणाम ? देश को रुप परिवर्तन गर्न नाङ्गो छाती भोको पेट हासी हासी मर्न तयार रहने योद्धा जन्माउने ति आमालाई एक पटक मात्र सोध,कि खुशी छन.? आफ्नो ममतामय काख हित्तो भएको बियोगको आवाजमा दिनौ रोएर बस्दा उनले एक पट्क पनि देशको शान्तिको कामना गरिनन होला त ?

त्यो अधबैसे उमेर मा आफ्नो सिउदो रित्तो पारेकी चेलिलाई सोध कि तिनको पिडाको आवाजमा त्यस शान्ति को पुकार थिएना .? ति अबोध नाबालक हरुलाई सोध जस्ले दुई छाक टार्न अर्काको घरमा दास भएर बस्दै गर्दाको पिडाको आवाजमा देश शान्तिको लागी केहि थिएना ? अब नेता ज्यु हरु प्रष्ट पारनुहोस के यहि हो देश को संघियता . ?

समाजलाई समाजबाद्को दिशा निर्देश गर्ने नेपाली समाज यहिनै हो त ? नेपाली जनताले चाहेको शुशासन यहि नैहो ? समग्र मा भन्नु पर्दा नेपालको कुल जनसंख्याको २२.६४% जनसंख्या दलितहरू को रहेको छ । जस्लाई संबिधान ले आरक्षण बर्गमा समेत राखेको छ ।

यसरी आरक्षण कै कारण जातिय बिबेद् सामाजिक बहिस्कार बलात्कार र हत्या हुदा समेत कानुनी काराबाही नहुने हो भने त यो अन्य आरक्षित बर्गलाई समेत चुनौती हो ! फेरि सरकार ले यस्लाई गम्भीरता पुर्बक नलिएर कानुनी कारबाहिमा ब्यवास्ता गरेमा दलितहरुलाई जातिय विभेदको विरुद्ध मा प्रतिरोधात्मक अभियानमा लाग्न उत्प्रेणा दिन्व छ दृस्टान्त देश व्यापिरुप मा भैरहेको दलित आन्दोलन नै हो ।

तपाईको प्रतिक्रिया