कर्णाली प्रदेशमा आज थप २९ जनामा कोरोना पुष्टी, कोरोना संक्रमितको संख्या २६२ पुग्यो

कर्णाली प्रद्शमा कोरोनाले तिब्र गति लिदै छ

जाजरकोट २० जेठ – कर्णाली प्रदेशमा थप २९ जनामा कोभिड १९ अर्थात कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेशन प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा थप २९ जनामा कोभिड १९ अर्थात कोरोना संक्रमण पुष्टी भएको हो ।

संक्रमित हुनेहरुमा सुर्खेतका ११ जना, सल्यानका ९ र अछामका ९ जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख लक्ष्मी नारायण तिवारीका अनुसार संक्रमित सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको र उनिहरुको अवस्था सामान्य रहेको छ ।

कर्णाली प्रदेशमा संक्रमितको संख्या २ सय ६२ पुगेको छ । संक्रमित सबैभन्दा धेरै दैलेखमा ९८ जना छन् भने सुर्खेतमा ७०, सल्यानमा ५३, जुम्लामा १९, कालिकोटमा १८ र मुगुमा एक जना रहेका छन् । यस्तै, सुदुरपश्चिम प्रदेशका सुर्खेतको प्रयोगशालामा परिक्षण गरिएका अछामका १० जना, बाजुराका १ जना र बझाङका १ जना संक्रमित रहेको तिवारीले बताएका छन ।

तपाईको प्रतिक्रिया