जुनीचाँदेको एक वडा सिलबन्दी, सिफारिस विना वडा प्रवेशमा रोक

जाजरकोट । जिल्लाको जुनीचाँदे गाउँपालिकाको वडा नं. ४ लाई सिलबन्दी गरिएको छ । भारत लगायतका तेस्रो मुलक बाट आएका नागरिकहरु धमाधम गाउँपालिका प्रवेश गर्न थालेपछि वडालाई सिलबन्दी गरिएको वडाध्यक्ष हरीबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार, पछिल्लो समय कोरोना भाइरसले विश्व नै आतंकित भईरहेको वेला गाउँपालिका भित्र पनि परिक्षण विना नै आउने भएकोले वडालाई सिलबन्दी गरिएको छ ।

अत्यावश्यक काम भए गाउँपालिका वा सम्बन्धीत वडाको सिफारिस लिएमा मात्रै प्रवेश गर्न दिइने वडाध्यक्ष खड्काले जानकारी दिए । छिमेकी जिल्लामा कोरोना भाइसर फैलिए संगै जाजरकोट पनि उच्च जोखिममा रहेको छ । छिमेकी जिल्ला दैलेख र जुम्लामा कोरोना भाइसर संक्रमणको दर बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया