युवा संगठन नेपाल, जाजरकोटमा mcc सम्झौताको बिरोध प्रदर्शन

जाजरकोट।  नेपाल कम्युनिष्ट पार्टी जाजरकोट पार्टिको केन्द्रिय कार्यक्रम अन्तर्गत सोमबार जेठ MCC सम्झौताको एक कार्यक्रम मार्फत बिरोध प्रदर्शन गरेको अखिल (क्रान्तिकारी) जाजरकोटका सचीव दिपेन्द्र सिंहले बताएका छन ।

हाल बिश्व भर अधिकांस देशहरु कोरोनाबाट त्रसित छन, बिश्व अहिले सो जटिल प्रस्तिथी लाई सामना गर्दै अगाडि पाइला चाली रहेको छ । सो संक्रमणका कारण नेपाल पनि कोरोनाको चपेटामा परेको छ ।

सचीव अनुसार नेपाल कोरोनाको लडाईमा तीब्र रुपले लडिरहेको बेला नेपालकका निश्चित दलाल mcc जस्तो रास्ट्रघाती सम्झौता पारित गर्ने तयारीमा लागि रहेका छन । युवा संगठन नेपाल, जाजरकोटका अध्यक्ष क. विवश भन्नुहुन्छ “यो सम्झौताको बिरोधमा सम्पुर्ण देशभक्त, क्रान्तिकारी, प्रगतिशील, आम जनता एक हुन आबस्यक छ” । उनले यस राष्ट्रघाती सम्झौताको शसक्त रुपले बिरोध गर्न अपिल समेत गरेका छन । Mcc सम्झौता पत्र जलाउँदै यो राष्ट्रघाती भएकाले यसलाई कुनै पनि हालतमा पारित गर्न नदिने दाबी समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया