
प्रकाश रोकाय
जाजरकोट – कणाली प्रदेशको रुकुम पश्चिम जिल्लाको चौरजाहरी नगरपालिका वडा नं ८ सोतिकी सुष्मा मल्ल र जाजरकोट भेरी नगरपालिका वडा नं ४ रानागाउँका नबराज बि क बिच लामो समय देखी प्रेम सम्बन्ध थियो ।
त्येहि प्रेम सम्बन्धलाई अन्तरजातीय बिबाहको रुपमा परिणत गर्न खोज्दा प्रेमिका सुष्मा मल्ल कि आमा र उनका नजिकका नातेदार वडा अध्यक्ष डम्बर बहादुर मल्ल लगायत गाँउले हरुले गरेको संघातिक हमला बाट होन हार युवाहरु जाजरकोटका नबराज बि क,गणेश बुढा,संजु बि क,लोकेन्द्र सुनार,टिकाराम सुनार, त्येसै गरि गोबिन्द शाही बेपता भएको घटनाले नेपाल युबा परिषद कणाली प्रदेश जाजरकोट जिल्लको ध्यानाकर्षण भएको छ ।
२१ औ सताब्दीको उन्नत समाज र नेपाल जातीय भेद्भाब तथा छुवाछुतमुक्त राष्ट घोसणा भैसकेको अबस्थामा दलित समुदायले अन्तर जातीय प्रेम बिबाह गर्न खोज्दा ज्यानै लिने घटना हटाउन अत्यन्तै निन्दनीय छ भन्दै । यो जग्न्य सामाजिक र मामानबिय अपराध हो भन्दै नेपाल युबा परिषद जाजरकोटले बिज्ञप्ति निकालेको छ ।
यस धटनाको तत्काल छानबिन गर्न उच्च स्तरीय संसदीय छानबिन समिति गठन गरि नेपालको संबिधान र बिध्यमान कानुन बमोजिम घटनामा संग्लकता दोषीहरुलाई हदै सम्मको कारबाही गरि पिडितलाई न्याय उचित छेतिपुर्ति र सामाजिक सुुरक्षाको व्यबस्था गर्न नेपाल युबा परिषद जाजरकोटले प्रदेश सरकार र संघिय सरकार समक्ष जोडदार माग गरेको छ ।
उक्त घटनामा ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रदान्जली ब्यक्त गदै, सो घटनामा बेपत्ता गोबिन्द शाहीको तत्काल खोजि गर्न जोडदार माग गर्नुका साथै सम्पुर्ण घाईतेहरुको सिघ्र स्वास्थय लाभको कामना ब्यक्त गर्दछौ । नेपाल युबा परिषदका अध्यक्ष प्रबिन बि कले एचपी खबरलाई जानकारी दिएका छन ।
















































। १९ जेष्ठ २०७७, सोमबार