सोति घट्ना- शन्जुको शव कालापहर भेरी किनारामा भेटियो।

पाँच दिनदेखि भेरी नदीमा हराईरहेका भरी नगरपालिका–४ निबासी शन्जु बि.क को लास बुधबार फेला परेको छ । स्थानीय गाउँले, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीको प्रयासमा शन्जु लास फेला परेको छ ।

छेडागाड नगरपालिका–१३ कालापार स्थित जाजरकोट -सल्लीबजार सडकमा पर्ने भेरी नदीमा शन्जुको लास फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख किशोर कुमार श्रेष्ठले जानकारी दिएका छन् । शन्जुको लास फेला परेपछि सोती घटनामा मृत्यु हुनेहरु संख्या ५ पुगेको छ ।

रुकुमपश्चिमको चौरजहारी नगरपालीका-८ सोतीमा शनिबार भएको घटनामा परि बेपत्ता भएका भेरी नगरपालिका, ४ का १९ बर्षिय सञ्जु विकको सव बिहिबार फेला परेको छ । विकको सव घटनास्थल देखि करीव ४० किलोमिटर जिल्लाको छेडागाड नगरपालिका-१३ कालाभीर नजिक भेरी नदीको रिङ्गटामा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर कुमार श्रेष्ठले जानकारी दिनुभएको छ । शन्जुलाई सोतिका स्थानीय वडा अध्यक्ष सहितको टोलिले निर्घात कुट्पिट गरि भेरी नदिमा बगाएको घटना स्थल बाट बाचेर आउन सफल ५ जनाको समुहले बताको छ ।

तपाईको प्रतिक्रिया