“सोती घटनाका दोषीलाई सरकारले कारबाही नगरे हामी गछौँ”

चहलखेल नहाेस् सत्य तथ्यमा छानविन हाेस

जाजरकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको सत्य तथ्य छानविन गर्न नेकपा निकट विप्लवका जनवर्गिय संगठनहरुले माग गरेका छन् । बुधबार संयुक्त विज्ञप्ती जारी गर्दै सोती घटनाको सत्य तथ्य छानविन नभए दोषीलाई आफुहरुले कारबाही गरिने बताएका हुन ।

विप्लव निकट अखिल (क्रान्तिकारी) जिल्ला संगठन, दलितमुक्ती मोर्चा नेपाल, महिला संघ जनवर्गीय संगठनले संयूक्त वक्तव्य जारी गर्दै कारबाहीको माग गरेका हुन् ।

“हत्यारालाई जो कोहिले पनि संरक्षण गर्न नखोजोस ।, कुनै पनि सरकारीनिकाय, राजनैतिक दल, तथा कोहि कसैले पनि पिडक पक्षलाई धम्की डर देखाई घटनालाई विर्सिदिन दबाद नदिउन ।” संगठनका सचिव दिपेन्द्र सिंह (समीप) ले भने ।” उनका अनुसार अहिलेको दलाल ब्यबस्थाले बलत्कारी, तस्करी, हत्यारा सृजित तथा संरक्षण गरेको समेत आरोप लगाए ।

युवा संगठन नेपाल, जाजरकोटका अध्यक्ष विवशलेर्, कोरानाले त्रसित बनाईरहेको यो परिस्थितिमा जाजरकोटका युवाहरुको अमानविय हत्याले स्तब्ध भएका छौँ ।’ जातिय बिभेदको पृष्ठभुमिमा गरिएको मानवता बिरोधि जघन्य अपराधले नेपाली समाजको बिक्रित चेहरा अगाडि ल्याएको छ ।

यस्तो छ विज्ञप्तीको अंश…………….।

जातिय बिभेदको सदियौ लामो उत्पिडनका हजारौ श्रृखंला मध्ये यो एउटा दुःखद नमुना हो । जातिय बिभेदका कारण बिबहा नै अबरोध भएको हो पहिले घटना पक्कै होईना कयौं जोडिहरु जात नमिलेकै कारण आत्महत्या गर्नु परेको छ । कतिले आफ्ना घर परिवार गाउँ, समाज देखि टाढै बस्नु पर्ने वाध्यता छ । निच र घटिया सोचका मानिषले गर्दा जातिय बिभेदका कारण हत्या गरिएको यो पहिले घटना पनि होईना । यो घटना बाट आफू माथिल्लो जातको हुँ भन्दै फुर्ती लगाउने अझै पनि जातिय छुवाछूत गर्ने जो कोहिलाई पनि केही पाठ पक्कै सिकाओस ।

कोराना माहामारिले विश्व जनसमुदायलाई अभुद पुर्ब क्षति पुर्याएको अवस्थामा जाजरकोट का युवाहरुको सामुहिक हत्या निन्दनिय छ । यो घटनाप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । २१ औँ सताब्दिमा पनि जातिय छुवाछूत जस्तो कानुनवन्जित मान्यताको बरखिलाप गरि घटाएको घटना निन्दनीय छ । बिगत माओवादी जनयुद्धको आधार ईलाका र वर्तमान संसदीय ब्यबस्था अन्तरगत सरकारका बिभिन्ना निकायको नेतृत्व गरिरहेका नेताहरुको ईलाकामा घटेको उक्त पासविक घटना निकै दुखदायी छ ।

आफुलाई कम्युनिस्ट समाजवाद स्थापना गर्ने राजनीतिक उद्देश्य बताएका केही नेताहरुबाट समेत यो घटनालाई तोडमोड गर्ने हर्कत गरिएको खण्डमा हाम्रो संगठनले पनि कारवाही गरि पीडितलाई न्याय दिने र दोषीलाई कारवाही गर्ने प्रतिवद्दता गर्दछु ।

तपाईको प्रतिक्रिया