
जाजरकाेट । पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा वेपत्ता भएका एक जनाको शव फेला परेको छ । शसस्त्र प्रहरीको गोताखोर टोलीले जाजरकोटको भेरी नगरपालिका–९ का १८ वर्षीय लोकेन्द्र सुनारको शव फेला पारेको हो ।
लोकेन्द्रको शव घटनास्थलभन्दा करिब ७ किलोमिटर पर चौरजहारी नगरपालिका– १ अधेरेस्थित भेरी नदिमा भेटिएको शसस्त्र प्रहरी बलले जनाएको छ ।
सुनारको शव चार दिन पछि भेटिएको हो । अझै यस घटनामा वेपत्ता भएको २ जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
गत शनिबार जाजरकोट भेरी नगरपालिका–५ नवराज बिक प्रेमिका लिन पुगेको समूहमाथि गाउँलेले गरेको आक्रमणपछि भेरी नदिमा हाम फालेर बेपत्ता ६ जना वेपत्ता भएका थिए ।
गोताखोरले बुधबारदेखि बेपत्ताको खोजी सुरु गरेको थियो ।
नवराजको शव सोही दिन राती १ बजे घटनास्थलबाट करिब डेढ किलोमिटर दुरीमा रहेको भेरी नदिको पुलमुनी, अर्का युवकको शव आइतबार दिउँसो सल्यानस्थित भेरी नदी किनारमा र अर्का एक युवकको शव सोमबार भेरी नदीमै भेटिएको थियो
















































। १५ जेष्ठ २०७७, बिहीबार