राजेश समर्पण नेपाली – रोल्पामा चट्याङ लागेर बिहीबार दुईजनाको मृत्यु भएको छ । जिल्लाको लुङ्ग्री गाउँपालिका २ सिर्पमा दुई पुरुषको मृत्यु भएको छ । चट्याङ लागेर ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबहादुर पुनको मृत्यु भएको हो ।
विक र पुन छिमेकी हुन् बिहान साढे ८ बजे परेको चट्याङले दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङमा परी विक भान्सा कोठा नजिकै ढलेका थिए भने । पुन शौचालय जाँदै गरेको बेला चट्याङमा परेको लुंग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले बताएका छन ।
घटना भएको लगत्तै सिर्पमा रहेका प्रहरी घटनास्थलमा पुगेका थिए जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रहरी प्रमुख नायव उपरीक्षक चित्रबहादुर गुरुङले जनाकारी दिएका छन। इलाका प्रहरी चौकी सुलिचौरबाट सइको कमाण्डमा थप प्रहरी सिर्पमा पुगेर घटनाको मुचुल्का उठाएको छन । भिमबहादुरको नातिनीको शरीरमा चट्याङका कारण फोका उठेको छ ।
उनको अवस्था सामान्य रहेको छ भने उनका । एउटा बाख्रा पाठा समेत मरेका छन । गाउँपालिका अध्यक्ष खड्काका अनुसार चट्याङले घरको भित्ताको माटो उप्किएको छ । गहुँबाली भित्र्याउने चटारोमा रहेका किसान केही दिनदेखि परेको वर्षाले प्रभावित भएकै बेला चट्याङ लागेर दुईको मृत्युले गाउँ शोकमा डुवेको छ । शव पोष्टमार्टमका लागि सुलिचौर ल्याइएको छ ।
















































। २५ बैशाख २०७७, बिहीबार