भेरीनगरपालिकाको कोरोना कोषमा शिक्षक–कर्मचारीको १० लाख बढि रकम जम्मा भयो

जाजरकोटको–भेरी नगरपालिकाका कर्मचारी तथा शिक्षकहरुले साढे १० लाख बढि रकम कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गरेका छन् । नगरपालिकाले स्थापना गरेको कोषमा स्वास्थ्य सेवामा कार्यरत बाहेकका कर्मचारीले साढे १० लाख बढि रकम जम्मा गरेका हुन् ।

नगरपालिका भित्र कार्यरत कर्मचारी र शिक्षकहरुको तलबबाट पालिकाले स्थापना गरेको कोषमा १० लाख ६७ हजार ४ सय ४१ रुपैँया जम्मा गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले जानकारी दिएका छन ।उक्त रकमको चेक नगरप्रमुख चन्द्रप्रकाश घतीलाई हस्तान्त्रण गरि जम्मा गरिएको उनको भनाई छ ।

शाखा अधिकृत देखि उपसचिब तहसम्मका शिक्षक–कर्मचारीहरुको ५ दिन र ना।सु। तहसम्मका शिक्षक–कर्मचारीहरुको ३ दिन बराबरको पारिश्रमिकबाट उक्त रुपैँया कोषमा जम्मा गरिएको हो । कोभिड–१९ को बिश्वमहामारीबाट प्रभावित नगरपालिका भित्रका नागरिकहरुको उपचार तथा राहत बितरणमा सहयोग पुर्याउन शिक्षक–कर्मचारीहरुले कोषमा रकम जम्मा गरेको हो ।

नगरप्रमुख घर्तीले कोरोना संकटको बेला नगरपालिकालाई सहयोग गर्ने नगरपालिकाका सबै शिक्षक कर्मचारीहरुलाई हार्दिक धन्यवाद दिएका छन । कोभिड–१९ को बिश्वमहामारी विरुद्धको लडाईमा अग्रमोर्चा सामेल भएका स्वास्थ्य सेवाका सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मीहरुलाई पनि हार्दिक धन्यवाद दिदै प्रमुख घर्तीले महामारी विरुद्धको लडाईमा मानब सफलता प्राप्त गर्न स्वास्थ्य र सुरक्षाकर्मीहरुको अझै उच्च योगदानको आबश्यकता रहेको बताएका छन।

तपाईको प्रतिक्रिया