स्याँलाखदीमा अझैपनि राहत विरतण हुन सकेन विपन्न परिवार समस्यामा

डिल्लीराज विश्वकर्मा – रुकुम ९पश्चिमको आठविसकोट नगरपालिका स्याँलाखदीमा हाल सम्म पनि राहत वितरण नहुँदा अति विपन्न परिवारहरु समस्यामा परेका छन । भरपर्दो सडक नहुँदा खाद्यान्न सामाग्री ढुवानी गर्न कठिनाई भएपछि आठविसकोट नगरपालिका १, २ र ३ नम्बर वडा स्याँलाखदीमा विपन्न परिवारलाई राहत विरतण हुन सकेको छैन ।

चिसो ठाउँ भएकाले अहिले सम्म गहुँ नपाकेको र राहत पनि वितरण नहुँदा आफुहरु निकै समस्यामा परेको विपन्न परिवारले बताएका छन । गत चैत्र ११ गत्ते देखीको लकडाउनका कारण समस्यामा परेका यहाँका विपन्न परिवारहरु राहत नपाउँदा झनै मर्कामा परेका हुन । दैनिक मजदुरी गरी जिविको पार्जन गर्दै आएका श्रमिक परिवारहरु झन समस्यामा परेका छन ।

सडकको पहुचमा रहेका वडाहरुमा यस अघिनै रात विरण भैसकेको छ तर जिल्लाको निकै विकट मानिएको स्याँलाखदीको सबै ठाउँमा सडम नपुगेका कारण राहत सामाग्री ढुवानीमा समस्या भएको छ । भएको सडक पनि लामो समय देखी मर्मत नहुँदा सामान ढुवानीमा समस्या भएको वडा नम्बर तिनका वडा अध्यक्ष केशनमान विकले बताईन ।

राहत विरतण सम्बन्धी मापदण्ड २०७६ अनुसार नगरपालिकाले तिन वडाका १ सय ६ परिवारलाई छनोट गरेको छ । एक नम्बर वडाका ३१, वडा नम्बर दुईका ३५ र तिन नम्बर वडाका ४० परिवारलाई राहत विरतणका लागी छनोट गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत धु्रव प्रसाद लम्साले बताएका छन । उनका अनुसार नगरपालिकाबाट राहत वितरण भएपछी यी परिवारका ६ सय भन्दा बढी सदस्य लाभान्वित हुने छन तर अहिले सम्म राहत नपाउँदा भने उनिहरुको दैनिकी निकै कष्टकर बनेकोे छ ।

स्याँलाखदीमा गहुँ बाली पनि ढिलो पाक्ने भएकाले समस्या भएको उनिहरुले बताएका छन । यसैविच नगरप्रमुख गोर्ख बहादुर केसी ( सन्देश)ले आगामी आइतबार सम्म स्याँलाखदीमा राहत विरतण भैसक्ने बताएका छन । विकट ठाउँ सडकको समस्याका कारण ढिलाई भएको भन्दै उहाँले आइतवार सम्म खाद्यान्न ढुवानी गरी विरतण गरिने जानकारी दिएका छन ।  जेसिवी लगाएर बाटो मर्मतको काम सकिएको र अव तत्काल खाद्यान्न ढुवानी गरी बाँकी रहेका सबै परिवारलाई वितरण गरिने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया