एसइइ दिने विद्यार्थीका लागि रेडियो टयुसन कक्षा सन्चालन गर्दै भेरी नगरपालिका

जाजरकाेट । लक डाउनका कारण परीक्षा स्थगित भएर घरमै वसिरहेका एसइइ अर्थात १० कक्षाका विद्यार्थीहरुलाइ सहयोग गर्न यहाँको एक नगरपालिकाले रेडियोवाट टयुसन पढाउने कार्यक्रम सुरु गर्न लागेको छ । भेरी नगरपालिकाले गत चैत्र ६ गते देखि सुरु हुने भनिएको विद्यालय शिक्षा परीक्षा एसइइ स्थगित भएर घरमै वसीरहेका विद्यार्थीहरुलाइ पढाइमा सहयोग गर्न विभिन्न तीन विषयको रेडियो टयुसन कक्षा सन्चालन गर्न लागेको हो ।

लक डाउनको समयलाइ सदुपयोग गराउने काममा सहयोग गर्न भेरी नगरपालिकाले स्थानीय खलंगा एफएम र जाजरकोट एफएमवाट प्रत्यक दिन अनिवार्य अंग्रेजी,गणित र विज्ञान विषयको रेडियो टयुसन कक्षा सन्चालन गर्न लागेको हो ।

विषयगत विज्ञता भएका शिक्षकहरुको परिचालन गरेर रेडियो मार्फत एसइइ दिने विद्यार्थीको पढाइमा सहयोग गर्न रेडियो टयुसन कक्षा सन्चालन गर्न लागिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले वताए । लामो समय परीक्षा स्थगित हुदा र घरमा वस्दा दिक्क मानिरहेका र फुर्सदमा भएका विद्यार्थीहरुलाइ व्यस्त राख्न र उनीहरुको सृजनात्मक विकासका लागि हौसला प्रदान गर्न आफुहरुले नगरपालिकाको खर्चमा रेडियो मार्फत टयुसन पढाइ कार्यक्रम सुरु गरेको वताए ।

भेरी नगरपालिकाको सहयोगमा सन्चालन हुने रेडियो मार्फत पढाउने कार्यक्रम मगंलवार अर्थात वैशाख १६ गते देखि सुरु हुने छ । रेडियो कार्यक्रममा अग्रेजी विषयका लागि जनक केसी, विज्ञान विषयका लागि सत्यनारायण मन्डल र गणित विषयका लागि तिलकवहादुर खत्रीले सहजीकरण गर्ने भेरी नगरपालिकाको शिक्षा शाखा प्रमुख अमृत पुनले जानकारी दिए । प्रत्यक विषयका लागि आधा घन्टाको समय मिलाइएको र उक्त समयमा विद्यार्थीहरुले रेडियो सेटको नजिकै पुर्ण तयारीका साथ कापीकलम र किताव लिएर सिकाइमा लाभ लिन सक्ने प्रमुख पुनले वताए ।

उनले यसका लागि सवै अभिभावक सरोकारवाला र विद्यार्थीहरुलाइ सक्रिय सहभागिताका लागि नगरपालिकाको तर्फवाट आग्रह गरे । रेडियो खलंगा एफएम १०७.६ मेगाहर्जले उत्पादन गर्ने रेडियो टयुसन कार्यक्रमलाइ रेडियो जाजरकोट एफएम वाट पनि प्रशारण हुने वताइएको छ । एसइइ रेडियो टयुसन कार्यक्रमको प्रशारण प्रत्यक दिन विहान ७ं३० देखि ८ वजे सम्म अनिवार्य विज्ञान, अनिवार्य अग्रेंजी अपरान्ह साढे ४ वजेर देखि ५ वजे सम्म र अनिवार्य गणित साँझ साढे ५ वजे देखि ६ वजे सम्म हुने भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलवहादुर घर्तीले वताए ।

उनले रेडियोवाट विद्यार्थीहरुलाइ सहयोग पुरयाउन सन्चालन गरिएको कार्यक्रममा पुरा समय ध्यान केन्द्रित गर्न र मौकाको फाइदा लिन विद्यार्थीहरुलाइ आग्रह गरे । यसका लागि सरोकारवालाहरु, शिक्षक तथा अभिभावकहरुलाइ सहयोग गर्न उनले आग्रह गरे ।एक महिनाको अवधिका लागि हाल सन्चालन गर्न लागिएको रेडियो टयुसन कार्यक्रम आवस्यकता र प्रभावकारीताका आधारमा भविस्यमा निरन्तर रुपमा वार्षिक रुपमा सन्चालन गर्न सकिने वताए ।

प्रविधिको सदुपयोग मार्फत विद्यार्थीहरुको सिकाइमा सहयोग पुरयाउन भेरी नगरपालिकाले सन्चालन गर्ने रेडियो टयुसन कार्यक्रम अन्तरगत हप्तामा एक दिन विषयगत रुपमा प्रश्नोत्तर कार्यक्रम सन्चालन गरिने र उक्त प्रश्नोत्तर कार्यक्रममा विद्यार्थीहरुले विषयगत शिक्षकलाइ आफुले नवुझेका र नजानेका प्रश्नहरु सोध्न सक्ने छन् भने शिक्षकले रेडियो वाटै जवाफ दिनु पर्ने व्यवस्थापनि गरिएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया