
सुनिल बि क रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका ४३ जना विद्यार्थी र श्रमिकहरु आई पुगेका छन । पूर्व गृहमन्त्री एव प्रतिनिधी सभा सदस्य जनार्दन शर्मा प्रभाकरको पहलमा र आठविसकोट नगरपालिकाको समन्वयमा उनिहरु हिजो बेलुका राडी पुगेका हुन ।
यसैविच गोरखामा अलपत्र परेका आठविसकोटका नागरिकहरुलाई उद्धार गर्न रुकुम पश्चिमबाट दुई वटा गाडी पठाइएको नगरपालिकाका विपद व्यवस्थापन समितिका सँयोजक गोरख बहादुर कामीले बताउनुभयो ।्काठमान्डाँैबाट आएका सबैलाई होम क्वारेन्टीनमा बस्न अनुरोध गरिएको छ ।
उहाँका अनुसार मजदुरीका लागी गोरखा गएका र लकडाउनका कारण घरआउन नपाइएका १ सय २० जना श्रमिकहरुलाई उद्धार गर्न दुई वटा गाडी पठाइएको हो यस्तै देशका अन्य जिल्लामा अलपत्र परेकाहरुलाई पनि उद्धारको तयारी भैरहेको नगरपालिकाले जनाएको छ ।
साथै एक महिना देखी लमजुङमा अलपत्र परेका आठविसकोट नगरपालिका ११,र १३ का नागरिकहरुलाई त्यहाँको स्थानिय तहको पहलमा घरसम्म पुय्राउने व्यवस्था मिलाइएको छ । त्यहाँको स्थानियत तहले उनिहरुलाई घर पठाउन लागेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका करिव ७ सय जना विद्यार्थी तथा श्रमिकहरु देशका विभिन्न ठाउँमा अलपत्र परेका छन ।
उनिहरु सबैको उद्धारको तयारी भैरहेको नगरपालिकाले जनाएको छ । यसैविच प्रतिनिधि सभा सदस्य प्रभाकर, कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्मा अनल, नगर प्रमुख विशाल शर्माको पहलमा चौरजहारी नगरपालिकाका करिव ८७ जनालाई काठमाडौं देखि चौरजहारी नगरपालिकासम्म उद्दार गरिएको छ ।
थप अलपत्रमा परेका मजदूरलाई पनि उद्दार गर्ने व्यवस्था मिलाईएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राम बहादुर केसीले बताउनुभयो ।।
















































। ११ बैशाख २०७७, बिहीबार