
जाजरकोट । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी एरिया न. ४ र अखिल (क्रान्तिकारी) जाजरकोटका अध्यक्ष र सचीव विभिन्न चुनौतीको बिचमा कोराना भाईरस संक्रमणलाई नियन्त्रण गर्न घरदैलो कार्यक्रम गर्दै विभिन्न जनचेतना मुलक संदेश बाढ्दै जनताको घरघर सम्म पुगेका छन् ।
कोरोना संक्रमनबाट बच्न समाजलाई सचेत बनाऔँ, आफू बची अरुलाई पनि बचाऔँ भन्ने मुल नाराका साथ सोमबार भेरी नगरपालिका वडा न. ७ पुन्मा करिब एक हजार माक्स बितरण गरेका हुन । जनताको घर घरमा पुग्दै अखिल (क्रान्तिकारी) जाजरकोटका जिल्ला अध्यक्ष बिराजन शाही “बिजय“ जनताको घरमा पुग्दै भने कोराना भाइरसलाई नेपालमा अन्त्य गर्नको लागि हामी जस्तोसुकै जोखिम मोल्न पनि तयार भएको बताए ।
उनले भनेर्, अहिलेको दलाल सरकारले हामिलाई आतंककारीको दर्जमा राखेता पनि हामी जनताको सेवक हौँ ।’ सरकारले ईतिहास पनि भुलिसकेको छ कि हिजो आफू कुन अवस्थाबाट त्यो ठाउँमा पुगेको भन्ने कुरा । सरकारमा बसेका सम्पुर्ण दलाल, तस्कर, भ्रष्ट, मात्र छन् । नियन्त्रणको नाममा कमाउन तिर लागेको कुरा जगजाहेर नै छ । विशेषत यो भाईरसलाई नेपालमा मात्रै होईना बिश्व समाजमनै अन्त्य गर्नका लागि सम्पुर्ण नागरिक सचेत रहनु बाहेक अर्को बिकल्प छैना । त्यसैले सचेत रहन आग्रह गर्दछु ।
त्यसैगरी अखिल (क्रान्तिकारी) जाजरकोटका जिल्ला सचीव दिपेन्द्र सिंह “समीप“ ले नयाँ बर्ष २०७७ को शुभकामना दिँदै नआत्तिना र सचेत रहन आग्रह गरेका छन् । आक्रोशित हुँदै उनले भनेर्,े जनतालाई पक्ष र विपक्ष बनाएर राहत बितरण गरेको हामिले बिभिन्न ठाउँमा देख्यौं जनताद्वारा चुनिएका जनप्रतिनिधि आफ्ना भोट दिएकालाई मात्रै लिस्ट बनाउँदै माक्स तथा साबुन बितरण गर्ने र अरुलाई कुनै पनि वास्ता नगरेको भन्ने जनगुनासा सुनेपछी हामी जनताकै माझम उपस्थित भएका हौँ हामी त्यस्तो गर्ने जो कोहिलाई पनि छोड्ने छैनौँ ।’
अखिल क्रान्तिकारीले अझै पनि सचेत नरहे कारवाही गर्ने पनि बताए र्। हामी निरन्तर रुपमा गरिब, दुखी जनताको घरमै उपस्थित भएर सेवा गरिरहने छौँ र गर्छौं पनि । अहिले सामाजिक संजालहरुना नाटक गरेर राहत बितरण गरेका पनि देखिरहेका छौँ ।’ त्यस्तो खालको नाटकवाजी बन्द गर्न पनि आग्रह गरे ।
















































। १ बैशाख २०७७, सोमबार