बारेकाेट विशेष ; समाजसेवी कार्कीद्वारा साबुन वितरण

बारेकाेट  । लगडाउन भएको लामो समय बिति सक्दा पनि बारेकोट गाउपालिकाले कुनैपनि राहत बितरणको काम नगरेको बेला बारेकोटका एक समाजसेवी युवाले राहत वितरण गरेका छन । बारेकोट गाउँपालिका ६ बस्ने डम्बर बिक्रम कार्कीले आफ्नै वडाका १ सय घरधुरीका ४६० जना स्थानियलाई साबुन वितरण गरेका छन ।

स्थानिय बासीहरुमा कोभिड १९ अर्थात कोरोना भाईरसको संक्रमण नहोस भन्दै बारेकोटको वडा नं. ६ धुमा र धर्तीगाउमा युवा समाजसेवी कार्कीले साबुन बितरण गरेका छन । यतिमात्रै हैन यस अघि कार्की कै सक्रियतामा प्राथमिक स्वास्थ्य केन्द्र लिम्सालाई ४० सेट पिपिई लगायतको स्वास्थ्य सामाग्री समेत उपलब्ध गराएका छन् ।

यता बारेकोट गाउपालिकाले पनि राहत वितरणका लागि सबै तयारी गरेर अब वडा वडामा पठाउने तयारीमा रहेको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए । उनले देशमा यस्तो संकट निम्तिएको बेला सबैले घरमै बसेर स्थानिय सरकारलाई सहयोग गर्न र कुनै पनि नागरिकलाई समस्या भए तत्काल नजिकैको स्वास्थ्य संस्थामा जान समेत आग्रह गरेका छन् । बारेकोट भित्रिने सबै नाकामा कडाई गरिएको र सबै जनताले उच्च सतर्कता अपनाएको समेत उनकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया