कोरोना प्रकोप : इटालीमा शनिबार मात्रै ७ सय ९३ को मृत्यु, अहिलेसम्मकै बढी

रोम — कोरोना भाइरस(कोभिड–१९) को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली र स्पेनमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ । कोभिड–१९ संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ ।

इटालीको क्रेमोनामा रहेको एउटा अस्पतालमा कार्यरत नर्स आराम गर्दै तस्बिर :फ्रान्सेस्का म्या‌ंगियातोर्दी/रोयटर्स

शनिबार मात्रै इटालीमा ७ सय ९३ जनाको मृत्यु भएको छ।

इटालीमा हालसम्म ५३ हजार ५ सय ७८ जना काेराेनाबाट संक्रमित भएका छन् भने ४ हजार ८ सय २५ जनाकाेमृत्यु भइसकेकाे छ। काेराेनाबाट निकाे हुनेहरु भने ६ हजार ७२ जना छन्।
शनिबारमात्रै कहाँ कति मृत्यु?

इटाली– ७९३

स्पेन – २८८
इरान– १२३
फ्रान्स –११२
अमेरिका– ४६
बेलायत– ५६
नेदरल्यान्ड्स – ३०
जर्मनी – १६
बेल्जियम –३०
स्विजरल्यान्ड –२४
दक्षिण कोरिया –८
चीन – ७
इन्डोनेसिया – ६
स्विडेन,टर्की – ४/१२जना
डेनमार्क, पेरु– ४/१जना
पोर्चुगल, अल्जेरिया – ६/४ जना
ब्राजिल,ग्रिस – ७/३ जना
अर्जेन्टिना, बंगलादेश,बाेस्निया हर्जेगाेविना, चीली, साइप्रस, फिनल्यान्ड, घाना, आइसल्यान्ड, जापान, माैरिसस, मेक्सिकाे, पराग्वे, पेरु, फिलिपिन्स, पाेल्यान्ड, पुरेटाे रिकाे–१/१ जना

तपाईको प्रतिक्रिया