कालीबहादुर नेपाली
जाजरकोट । विश्वभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दै गएपछि संसारभर नै कोरोनाबाट बच्नका लागि उच्च सर्तकता अपनाउन थालिएको छ ।
यो सँगसँगै केही दिन अगाडि विश्व स्वास्थ्य संगठनले कोरोनालाई विश्वव्यापी महामारी घोषणा समेत गरिसकेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा संक्रमित देशहरुले विभिन्न संघ संस्थासँगै शिक्षण संस्था समेत बन्द गरेका छन् ।
नेपालमा अहिलेसम्म एक जनाम मात्रै कोरोनाको संक्रमण देखिएको छ । चीनबाट फर्किएका उनी सञ्चो भएर घर फर्किसकेका छन् । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणको आशंकामा ४ सय ६४ जनाको नमूना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । तर विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको घोषणा गरेसँगै सरकारले भोजभतेर र तडकभडकका कार्यक्रम नगर्न, वैशाख १८ गतेसम्म कूटनीतिक बाहेक अन्य भिसा स्थगित गर्न, भीडभाड भएको ठाउँमा नजान, देशभरका विद्यालयहरुलाई कक्षा १ देखि ९ सम्मको परिक्षा चैत ५ गतेभित्र गराइसक्न निर्देशन दिएको छ ।
गाउँ गाउँमा जनचेतना फैलाईदै
भेरी नगरपालिकाले ‘कोभिड –१९ ’ कोरोनाबाट जोगिनका लागि नगरभरी जनचेतनामुलक कार्यक्रम सुरु गरेको छ ।
हात , हातमा हात्ते माईक लिएर कोरानाको संक्रमणबाट बच्नका लागि बिभिन्न उपायहरु बताउदै कर्मचारीहरुले जनचेतना जगाईरहेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए । सवै वडामा कोरोनाबाट बच्ने उपायका विषयमा जानकारी गराउने कार्य जारी रहेको उनले बताए । नलगाड नरपालिका प्रचारप्रसारका लागि नगरप्रमुख टेकबहादुर रावलको संयोजकत्वमा एक टिम नै गठन गरेको छ । त्यस्तै वडा अध्यक्षको संयोजकत्वमा गाउँ , गाउँमा अर्को समिति गर्ने काम भईरहेको प्रमुख रावलले जानकारी दिए ।
गाउँ , गाउँमा प्रचारका कामलाई तिव्रता दिईएको उनले भनाई छ । स्वास्थ्य सेवा कार्यालय , जाजरकोटबाट नलगाड नगरपालिकाको स्वास्थ्य संस्था दल्लीमा चिकित्सक पठाउन समेत आग्रह गरिएको उहाँको भनाई छ । स्वास्थ्य सेवा कार्यालयले तीन वडामा आइसुलेसन कक्ष समेत स्थापना गरेको छ ।
कार्यालयका अनुसार ५० जना विरामी आएपनि हामीसँग राख्ने प्रशस्त वार्डहरु रहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टिकाराम जैसीले जानकारी दिए । उनले, “ शिवालय गाउँपालिका –१ छेडावजार , भेरी नगरपालिकाको वस पार्क र जाजरकोट –डोल्पाको सिमाना त्रिवेणीमा नागरिक सहायता कक्ष गर्न लागिएको छ । ७ वटा स्थानीय तहमा कहाँ कति बेला कहाँ के पर्छ त्यहाँ चिकित्सक पठाउने व्यवस्था मिलाएको छ ।”
पाँच जना चिकित्सकलाई हाईएलटमा राखिएको छ । उच्च ज्वरो, स्वासप्रस्वास लगायत रोगका विरामीलाई स्वास्थ्य सेवा कार्यालय र स्थानीय तहले खर्च बेहोर्ने गरी एम्बुलेन्स तथा उपचारको प्रबन्ध मिलाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिइन् । स्थानीय तहका मताहातमा रहेका स्वास्थ्य संस्थामा तीन दिन भित्र ठोस कार्ययोजना ल्याएर काम गर्न प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
स्वास्थ्य सेवा कार्यालयले कोरोना लगायत महामारी नियन्त्रणको लागि चालु आर्थिक बर्षमा ५ लाख बराबरको प्रकोपसंग सम्बन्धित औषधी खरिद गरेर स्थानीय तहलाई वितरण गरेको अस्पताल विकास समितिका अध्यक्ष बस्नेतले बताइन् ।
अनलाइनबाट काम गर्न सेवाग्राहीलाई आग्रह
कारोना बाट बच्न नेपाल विद्युत प्राविधिकरण शाखा कार्यालय जाजरकोटले अनलाइन बाटै विद्युत महसुल तिर्न सेवाग्राहीलाई आग्रह गरेको छ । विद्युत कार्यालयमा धेरै भिडभाड हुने भएकोले कारोना सर्ने अत्यधिक सम्भावना भएकोले विहीबार सार्वजनिक सुचना जारी गर्दे यस्तो जानकारी दिएको हो । सेवाग्राहीले इसेवा बाट र वैंक एप्स बाट महसुल तिर्ने व्यवस्था गरिएको कार्यालयका सुचना अधिकारी महेन्द्र सिंहले जानकारी दिए ।
उनले भने, “कार्यालयमा सेवाग्राहीको निकै भिड लाग्छ, यसले कारोना सर्ने अत्याधिक सम्भावना भएकोले यस्तो व्यवस्था गरिएको हो ।”
४० शैयाको आइसोलेसन वार्ड
जिल्ला अस्पताल जाजरकोटले कोरोना भाइरस संक्रमण रोक्न र सावधानी अपनाउन तयारी गरेको छ। कोरोना भइरसको संक्रमितलाई उपचार गर्न जाजरकोट अस्पतालमा ४० शैयाको आइसोलेसन वार्ड तयारी गरिएको छ ।
शंक्रमित बिरामीलाई आइसोलेसन वार्डमा राखेर उपचार गर्न ४० शैयाको वार्ड तयार गरिएको छ, तर ज्वरो नाप्ने थर्मो्िमटर, एन ९५ मास्क लगायतका सामग्री नहुँदा कोरोनाबाट संक्रमितहरु चेकजाँचका समस्या पर्न सक्ने मेडिकल अधिकृत डा. औसरसिंह राठौरले बताए । संक्रमणको आशंका गरिएका र भाइरसको संक्रमितलाई उपचार गर्ने चिकित्सक, नर्स, ल्याबका चिकित्सक, कर्मचारी, एम्बुलेन्स चालक समेतलाई हालसम्म पनि कुनै प्रकारको तालिम नहुदा स्वास्थ्यकर्मी नै असुरक्षित हुने डा. राठौरको भनाई छ ।
त्यसका लागि आवश्यक जनशक्ति र उपकरणहरु माग गरिएकोमा हाल सम्म प्राप्त नभएको अस्पताल विकास समिति अध्यक्ष धर्म्शिला बस्नेतले जानकारी दिईन ।
५ ठाउँमा सहायता कक्ष स्थापना
त्यस्तै भेरी नगरपालिकाले संक्रमणबाट बच्नका लागि जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि नगरको बजार क्षेत्रमा माइकिङ गर्दै जनचेतनामूलक सन्देशहरु सम्प्रेशन गरेको हो ।
कोरोना भाइरसका लक्षणहरु, यसबाट बच्न र एक व्यक्तिबाट अर्कोमा सर्न नदिने उपायहरुका बारेमा चेतनामूलक सन्देश प्रवाह गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए । नगरका विभिन्न ५ ठाउँमा स्वास्थ्य सहायता कक्ष ९हेल्थ हेल्प डेष्ट० स्थापना गरेर चेकजाँच तथा परामर्श गर्ने गरिएको नगर स्वास्थ्य शाखा प्रमुख निशा थापाले बताइन। नगरपालिकाको केन्द्र संगै स्वास्थ्य चौकी भुर, जगतिपुर, कुदु, पुन्मा र बाहुनथानमा सहायता कक्ष राखिएको र त्यहाबाट आवश्यक औषधी तथा परामर्श दिईने थापाले जानकारी दिईन ।
चिनको युहान प्रान्तबाट फैलिएको उक्त भाइरसले विश्वलाई नै आजित पारेको छ । हाल सम्म नेपालमा कुनैपनि संक्रमण नदिएको भएपनि सबै ठाउँमा सावधानिका उपायहरु अपनाइएको हो । याे भिडियाे हेर्नुहाेस
। ७ चैत्र २०७६, शुक्रबार