विना कारण कार्यकर्ता गिरफ्तार गरेको प्रति यूवा संगठनको आपत्ति

तत्काल रिहाईको माग

काठमाडौ । यूवा संगठन नेपालले विना कारण आफ्ना कार्यकर्ता गिरफ्तार गरेको भन्दै रिहाईको माग गरेको छ । शुक्रबार प्रेस वक्तव्य जारी गर्दै वर्तमान सरकारले आफ्ना कार्यकर्तालाई विना कारण प्रकाउ गरेको भन्दै रिहाईको माग गरेको हो ।

नेपाली युवाहरूको जुझारु एवंम् गौरवशाली संगठन, युवा संगठन नेपालका समर्थक अमृत, लक्ष्मण र टेक लुहारलाई राजनैतिक आस्था राखेकै कारण गत चैत्र ६ गते काठमाडौंबाट गिरफ्तार गरेको भन्दै यस्तो माग राखेको कार्यवाहक अध्यक्ष दिनेशले जानकारी दिए । प्रेस वक्तव्यमा भनिएको छ ।

“सामाजिक फासीवादी कथित कम्युनिस्ट सरकारको गृह प्रशासनले बिनाकारण गिरफ्तार गरेको घटनाप्रति हाम्रो संगठन घोर निन्दा एवंम् भत्सर्ना गर्दछ ।”र्, लोकतन्त्रमा जुनसुकै पार्टी र संगठनमा आस्था राख्न पाउनु नागरिकको अधिकार हो ।’

गिरफ्तार गरिएका समर्थक साथीहरुलाई कपोकल्पित झुठ्ठा मुद्दा लगाई जेल, हिरासत राख्ने कार्य राज्यले तु बन्द गरोस् र हाम्रो संगठन गिरफ्तार गरिएका समर्थक साथीहरुलाई तुरिहाईको जोडदार माग गर्दछ ।”

तपाईको प्रतिक्रिया