प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाउँमा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ५ बजे नेपाल टेलिभिजन र रेडियो नेपालबाट सम्बोधन गर्ने भएका हुन्।

नोभल कोरोना भाइरसबाट देशबासीलाई सुरक्षित राख्न सरकारी प्रयास चलिरहेका बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्। ‘प्रधानमन्त्रीले सिंहदरबारबाट अपरान्ह ५ बजे देशबासीलाई सम्बोधन गर्ने कार्यक्रम छ’,प्रधानमन्त्री कारेयालयका सञ्चारविज्ञ रामशरण बजागाईंले थाहाखबरलाई भने, ‘भिड हुने भएकाले अन्य पत्रकारहरुको उपस्थितिलाई पनि अनुमति नदिइने भएको र सरकारी सञ्चारमाध्यममार्फत प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ।’

गत फागुनमा मिर्गौलाको दोस्रो प्रत्यारोपण गराएका प्रधानमन्त्रीलाई संक्रमणबाट जोगाउन सम्बोधनका क्रममा अन्य पत्रकारलाई प्रवेश नदिइने भएको हो। सरकारले २५ जना भन्दा धेरै एकै ठाउँमा जम्मा हुन नदिने नियम यसअघि नैं लगाइसकेको छ।

तपाईको प्रतिक्रिया