
काठमाडौं : विश्वभर फैलिँदै गएको कोरोना भाइरस(कोभिड १९)को रोकथामका लागि गोकर्णेश्वर नगरपालिकाले नगरपालिकामा जाने सेवाग्राहीलाई बाहिरै साबुन पानीले हात धोएर वा सेनिटाइजर प्रयोग गरेपछि मात्र भित्र प्रवेश गराउन थालेको छ।
कोरोनाको त्रास बढ्दै गएपछि रोकथाम गर्न भन्दै नगरपालिकाले शुक्रबार(आज)बाट सावुन पानीले हात धुने व्यवस्था गरेको हो। गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले कोरोना भाइरस रोकथामका लागि बाहिरै हात धोएर मात्र नगरपालिकाभित्र जाने व्यवस्था गरेको बताए। ‘विश्वभर अहिले कोरोना भाइरस फैलिदै गएको छ,’उनले भने,‘नेपाल पनि उच्च जोखिममा छ। भाइरस रोकथामका लागि नगरपालिकाले आजबाट नगरपालिकामा आउने सबै सेवाग्राहीलाई बाहिर साबुन पानीले हात धुने र सेनीटाइजर प्रयोग गरेर भित्र पठाउने व्यवस्था गराएका छौँ।’
उनका अनुसार नगरपालिका बाहिर धारा राखिने छ। राम्रोसँग हात धुएर मात्र भित्र जानुपर्ने छ। ढुंगानाले आजै वडा स्तरीय बैठक राखेर कोरोना रोकथामका थप योजनाहरु ल्याउने जानकारी दिए।
















































। ७ चैत्र २०७६, शुक्रबार