
कालीबहादुर नेपाली , जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोट बाट ६ बर्षमा राहदानी लिनेको संख्या ४ सय १८ पुगेको कार्यालय जाजरकोटको तथ्यांकमा छ ।
प्रशासनको तथ्यांक अनुसार आर्थीक बर्ष २०७१÷०७२ देखि ०७६ ÷०७७ सम्म राहदानी लिएको संख्या रहेको प्रशासनले जनाएको छ । तथ्यांकमा आर्थीक बर्ष २०७१÷०७२ मा राहदानी लिनेको संख्या ४१ जना रहेको प्रशासनका एक कर्मचारी भरत श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आर्थीक बर्ष ०७२ ÷०७३ मा ८९ जना, ०७३ ÷०७४ मा ४६ , ०७४ ÷०७५ मा ५० जना,०७५ ÷०७६ मा ९९ जना र आर्थीक बर्ष ०७६ ÷०७७ को हाल सम्म ९२ जनाले राहदानी लिएको जानकारी दिए । विदेश जानका लागि जिल्लाका अधिकांश यूवाहरु रोजगारीका लागि बाहिरी देश जानेहरुले आफ्नो जिल्ला बाट राहदानी लिने गरेका छन् । माथी उल्लेखित संख्या साधारण राहदानी लिनेको संख्या भएपनि अन्य संख्या त्यहाँ भन्दा बढी रहेको उनको श्रेष्ठको भनाई छ ।
गत बर्षको तुलनामा यस बर्ष राहदानी लिनेको संख्यामा वृद्धि हुने उनको भनाई छ । पछिल्लो समय गाउँघरका बारीहरु बाँझो राखेर विदेश जानको संख्यामा कमी नभएको सरोकारवालाहरुको भनाई छ । दैनिक राहदानी लिन १५ ÷ १६ जना आउने गरेको प्रशासनले जनाएको छ । गाउँघरमा रहेको बारी बाँझो राखेर विदेशीनु राम्रो नभएको जानकारहरु बताउँछन् ।
६ बर्षको तुलनामा मात्र सफल भएको ४ सय १८ जना हुन भने हजारौको संख्यामा राहदानी लिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ र्। वैदेशिक रोजगारमा गएका यूवाहरु नेपालमा केही गर्ने सोच बोकेका हुन्छन् तर पनि उनीहरुले नेपालमा रोजगार नपाएपछि उता नै जाने वैदशिक रोजगार बाट फर्किएका बार््ेकोट गाउँपालिकाका कालीबहादुर नेपालीले भने ।’
















































। २५ फाल्गुन २०७६, आईतवार